मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
भारतको कोझिकोडमा शुक्रवार राति भएको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने २० जना घाइते छन् ।
विमान दुबईबाट आइरहेको थियो र विमान कर्मचारीसहित त्यसमा १९० यात्रु थिए ।
दुर्घटना हुँदा अविरल वर्षा भइरहेको र भिजिबिलिटी कम भएको बताइएको छ । अवतरण गर्दा विमान रनवेबाट चिप्लिएर ३५ फीट तल भीरमुनि खस्यो र दुई टुक्रा भयो ।
दुर्घटना हुनुमा कोझिकोडको टेबलटप रनवे कारण भएको विज्ञहरूको भनाइ छ ।
एनडीआरएफका डीजी एसएन प्रधानले समाचार संस्था एएनआईले भने, ‘विमान ३० देखि ३५ फीट तल खसेको छ । खसेका कारण विमान दुई टुक्रा भयो । टेबलटप रनवे भएका कारण यो घटना भएको हो भनी हामीले बुझ्नुपर्छ ।’
टेबलटप रनवे पहाडी वा पठार क्षेत्रमा बनाइन्छ । पहाडमा समतल क्षेत्र कम हुनाले छेउछाउमा कम ठाउँ बाँकी रहने गरी धावनमार्ग बनाइन्छ । धावनमार्गको दुवैतर्फ वा एकातर्फ भीर हुन्छ । कहिलेकाहीँ त्यो भीर एकदमै अग्लो हुन सक्छ ।
भारतमा तीनवटा धावनमार्ग टेबलटप छन् : मंगलौर, कोझिकोड र लेंगपुई ।
सजिलो भाषामा भन्दा घरमा राखिएको टेबल जस्तै यस धावनमार्गलाई बुझ्नुपर्छ । सीमित स्थानमा रनवे हुन्छ अनि त्यो सकिनेबित्तिकै खाडल आउँछ । समयमा ब्रेक लगाइएन भने वा अवतरणका क्रममा विमान रोकिएन भने दुर्घटनाको सम्भावना बढाउँछ ।
समतल धावनमार्गमा कुनै दुर्घटना हुँदा विमान रनवेबाट अघि बढेर भुइँमा पुग्छ, खाल्डोमा गएर जाकिँदैन ।
कोझिकोड विमान दुर्घटनामा आगो लागेन तर यस्तो दुर्घटना हुँदा प्रायः आगो लाग्छ ।
टेबलटप रनवेमा मार्जिन नहुने हुनाले दुर्घटनाको खतरा उच्च हुन्छ ।
दुर्घटनाको वास्तविक कारण पत्ता लागिसकेको छैन तर धावनमार्गमा पानी जमेकाले त्यो निकै जोखिममा रहेको उड्डयनविज्ञहरूको भनाइ छ ।
सन् २०१७ मा पनि कोझिकोड धावनमार्गमा विमान चिप्लिएको थियो ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...