भारतका विदेशमन्त्री जयशंकरको आपत्तिजनक अभिव्यक्ति, भन्छन्– भगवान बुद्ध भारतीय (भिडियो)

भारतका विदेशमन्त्री एस जयशंकरले शनिवार इन्डिया याट ७५ नामक भर्चुअल सम्मेलनमा बोल्ने क्रममा भगवान गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । 

उनले भगवान बुद्ध र महात्मा गान्धीको नाम लिँदै उनीहरू सबभन्दा महान् भारतीय भएको बताए । उनले भने, ‘उहाँहरू सबभन्दा महान् भारतीय मात्र नभई भारतीय हुनुको नाताले हामीले थाहा पाउनुपर्छ कि उहाँहरू संसारले सम्झनेमध्ये सबभन्दा महान् भारतीयहरू हुनुहुन्छ ।’
 


Advertisement

जयशंकरको यस अभिव्यक्तिको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र नेपालीहरूले यसमा आपत्ति उठाइरहेका छन् । 

 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्