भारतमा साढे ८ करोड किसानको बैंक खातामा पैसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको सुविधाका लागि १ लाख करोड रुपैयाँको विशेष फन्ड सार्वजनिक गरेका छन् ।  

आइतवार मोदीले किसानहरूका लागि आत्मनिर्भर कृषि योजना कार्यक्रमअन्तर्गत साढे ८ करोड किसानको बैंक खातामा  १७ हजार करोड रुपैयाँ नगद जम्मा भएको बताएका छन् । 


Advertisement

भारत सरकारले लकडाउनको समयमा २२ हजार करोड भारतीय रुपैयाँ किसानलाई दिएको मोदीले बताएका छन् ।

करिब डेढ वर्षअघि देखि शुरू भएको आत्मनिर्भर कृषि योजनामा हालसम्म ७५ हजार करोड रुपैयाँ किसानको बैंक खातामा जम्मा भएको  मोदीले बताएका छन् । 


Advertisement

भारतमा यो योजना क्रमिक रुपमा पूरा हुँदै गएको समेत उनको भनाइ छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्