इजरायल : प्रधानमन्त्री नेतान्याहुको राजीनामा माग्दै घर घेराउ (भिडियो)

इजरायलको जेरुसेलममा शनिवार हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासबाहिर प्रदर्शन गरेका छन् । नेतान्याहुले वामपन्थीलाई दंगा मच्चाउन मिडियाले उचालेको आरोप लगाएका छन् । 

अधिकारीहरूका अनुसार, ५ हजारजनाले विरोध प्रदर्शनमा भाग लिएका थिए । च्यानल १३ नामक टीभीले चाहिँ शनिवार राति १५ हजारजनाको जुलुस निस्केको खबर दियो । 
 


Advertisement

जेरुसेलममा लगातार पाँच हप्तादेखि सरकारविरोधी प्रदर्शन भइरहेको छ । 

तिम्रो समय सकियो’ र ‘अपराध मन्त्री’ लगायतका नारा लेखिएका प्लेकार्ड बोक्दै विरोधकर्ताहरूले नेतान्याहुलाई भ्रष्टाचारको अभियोग रहेको तथा कोरोनाभाइरस संकटको कुव्यवस्थापन गरेको आरोप लगाउँदै राजीनामा दिन माग गरेका छन् । 


Advertisement

विरोध प्रदर्शनमा कुनै अप्रिय घटना भएन । हिंसा तथा अशान्ति हुन नदिनका लागि प्रहरीलाई भारी मात्रामा तैनाथ गरिएको थियो । 
 

नेतान्याहुले इजरायलका मिडिया अझ विशेषगरी च्यानल १३ ले विरोध प्रदर्शनको एकपक्षीय कभरेज गरेको आरोप लगाएका छन् । प्रदर्शनकारीले गरेको हिंसालाई मिडियाले बेवास्ता गरेको अनि आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको उनको भनाइ छ । आफूले अर्थतन्त्र पुनरुत्थानका लागि तथा इजरायली जनतालाई आर्थिक सहायता गर्नका लागि अथक प्रयास गरिरहको उनको कथन छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्