नयाँ पार्टी बनाउन खोज्नेले २०५६ सालको मालेको नियत सम्झौँ – रामकुमारी झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले पार्टी विभाजन गरेर सानो हिस्सा चलाउने सोच नराख्न नेताहरूलाई आग्रह गरेकी छन् ।

पार्टी विभाजन गर्न चाहनेलाई २०५६ सालको स्थिति आकलन गर्न पनि उनले आग्रह गरिन् । 


Advertisement

पार्टी एकताका लागि दबाब दिन सांसदहरूको हस्ताक्षर सार्वजनिक गर्न आइतवार आयोजित कार्यक्रममा झाँक्रीले २०५६ सालमा मालेले शून्य सिटमा चित्त बुझाउनुपरेको स्मरण गर्न आग्रह गरेकी हुन् । 

‘यो अलमल के को अलमल हो ? विचारधाराको कि पदको ? तपाईंहरूले हामीलाई कस्तो पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ? सुदृढ पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ कि खरानी पार्टी बुझाउँदै हुनुहुन्छ ?’ झाँक्रीले प्रश्न गरिन् ।  


Advertisement

उनले पार्टी विभाजन गरेर सुखी परिवार बनाउन खोजेमा बोर्ड सहितको पार्टी बन्न सके पनि त्यसले कम्युनिस्ट आन्दोलन अगाडि बढाउन नसक्ने टिप्पणी उनले गरिन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्