×

NMB BANK
NIC ASIA

दक्षिण चीन सागरमा चीनविरुद्ध क्षेत्रीय साझेदारी बनाउन अमेरिका विफल

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले दक्षिण चीन सागरमा चीनविरुद्ध दक्षिणपूर्वी एसियाका मुलुकहरूको साझेदारीको कोशिश गरेको भए पनि सफलता पाउन सकेको छैन । 

Muktinath Bank

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले चीनको आक्रामक दाबीविरुद्ध एकजुट हुन दक्षिणपूर्वी एसियाका मुलुकहरूलाई आह्वान गरेका भए पनि उनीहरूले वास्तै गरेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण चीन सागरमा रहेको विवादका विषयमा नीति वक्तव्य जारी गरेपछि अमेरिकाको परराष्ट्र मन्त्रालयले चीनविरुद्ध क्षेत्रीय समर्थन जुटाउने कोशिश गरेको थियो । 


Advertisment
Nabil box
Kumari

चीनसँग स्थिर सम्बन्ध कायम गर्न खोजेका केही दक्षिणपूर्वी एसियाका मुलुकहरूले सार्वजनिक रूपमा पोम्पेओका भनाइबाट आफूलाई टाढै राखेका छन् । अन्य मुलुकले यसमा सामान्य प्रतिक्रिया दिएका छन् । कतिपय मुलुकमा चाहिँ अमेरिकाको कठोर अडानका विषयमा मतभेद छ । 

Vianet communication
Laxmi Bank

बेइजिङसँगको शीतयुद्धलाई चर्काउने हिसाबमा पोम्पेओले चीनको सामुद्रिक साम्राज्य बन्न नदिने तथा दक्षिणपूर्वी एसियामा रहेका साझेदारहरूको सामुद्रिक स्रोतमाथिको अधिकारलाई सुरक्षित राख्न सहयोग गर्ने बताएका छन् । 

चीनले समुद्रका विभिन्न स्थानमा गरेको दाबीलाई अमेरिकाले अस्वीकार गरेको मात्र नभई त्यसलाई अवैध समेत घोषणा गरेको छ । भियतनामले भानगार्ड बैंक, मलेसियाले जेम्स शोल, इन्डोनेसियाले नतुना बेसार, फिलिपिन्सले सेकेन्ड टमस शोल र मिस्चीफ रीफमाथि दाबी गरिरहेकोमा चीनले ती स्थान आफ्नो भएको बताउँदै आएको छ । 

तर क्षेत्रीय साझेदार र मित्रहरूबाट निरपेक्ष समर्थन हासिल गर्नुको साटो अमेरिकाले चीनविरुद्धको गठबन्धन बनाउनै सकेको छैन । 

हालैका हप्ताहरूमा चिनियाँ अधिकारीहरूले कोभिड–१९ को खोप बन्नेबित्तिकै दक्षिणपूर्वी एसियाका मुलुकमा पठाउने अनि विकास निर्माण परियोजनामा लगानी पनि गर्ने भन्दै दक्षिण चीन सागरमा अमेरिकी योजनालाई विफल बनाउन कोशिश गरिरहेका छन् । 

यसले गर्दा पनि दक्षिणपूर्वी एसियाका मुलुकहरू अमेरिकालाई चीनका विरुद्ध साथ दिने विषयमा उत्सुक देखिएका छैनन् । 

एसिया टाइम्सबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x