आलोपालो प्रणालीमा कार्यालय चलाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

कर्मचारीको समूह विभाजन गरी आलोपालो प्रणालीमा काम कारबाही गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आइतवार एक निर्देशन जारी गर्दै कोरोना महामारीका समयमा विभिन्न स्थानमा लकडाउन कायम नै रहेको भन्दै आलोपालो प्रणालीमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । 


Advertisement

राष्ट्र बैंकले बैंकहरूलाई ‘वर्क फ्रम होमको व्यवस्था मिलाइ काम गराउन निर्देश गरेको छ ।

उसले भनेको छ, नेपाल सरकारले देशका विभिन्न स्थानहरूमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर/बिजोर प्रणाली लगायतका विशेष परिस्थितिलाई मध्यनजर गरी वर्क फ्रम होम व्यवस्था मिलाई कार्य सम्पादन गराउन सकिने ।


Advertisement

प्रदेशस्थित शाखा कार्यालयहरूको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरूसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सञ्चालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

राष्ट्र बैंकले सेवा सञ्चालन नगरिएका शाखाहरूको विवरण दैनिक रुपमा राष्ट्र बैंकलाई जानकारी गराउन समेत बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । 

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्