पछिल्लो २४ घण्टामा साढे ८ हजार पीसीआर परीक्षण, ३ सय ८० संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

आइतवार नियमित पत्रकार ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ को पीसीआर परीक्षण भएकोमा ३ सय ८० संक्रमित फेला परेको जनाएका हुन् ।


Advertisement

यससँगै नेपालमा अहिले सकिर्य संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ रहेको छ ।


Advertisement

पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा ५ सय ११, प्रदेश २ मा ३ हजार ७५, वागमती प्रदेशमा ११ सय ३२, गण्डकी प्रदेशमा २ सय ३७, प्रदेश ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४मा सक्रिय संक्रमण देखिएको छ ।

डा. गौतमले काठमाडौँ उपत्याकामा ९२ जना संक्रमित थपिएको बताए । काठमाडौँ जिल्लामा ९० र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्