पीएसओलाई कोरोना संक्रमण देखिएपछि नेकपा महासचिव पौडेल घरमै आइसोलेसनमा

नेकपा महासचिव विष्णु पौडेल सेल्फ आइसोलेसनमा बसेका छन् ।

अंगरक्षक (पीएसओ)मा कोरोना संक्रमण पुष्टि भएपछि पौडेल आइतवारदेखि घरमै आइसोलेसनमा बसेका हुन् ।


Advertisement

शुक्रवार पौडेलसँगै पीएसओले पनि कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।

महासचिव पौडेलको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।


Advertisement

स्वाब दिइसकेपछिको अवधिमा पनि ती पीएसओ पौडेलसँग क्लोज कन्ट्याकमा रहेकाले उनी सेल्फ आइसोलेसनमा बसेका हुन् ।

संक्रमित पीएसओलाई भने प्रहरी अस्पातालको आइसोलेसनमा भर्ना गरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्