डीआरका १७ गीतलाई एकैपटक कीर्तिमान

गीतकार डीआर उपाध्यायले लकडाउनको समयमा लेखेका १७ गीतले एकै पटक विश्व कीर्तिमान कायम गरेका छन्। 

आइतबार राजधानीमा एक कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले डा.उपाध्यायलाई विश्व कीर्तिमानका १७ वटा प्रमाण पत्र प्रदान गरे। 


Advertisement

डा. उपाध्यायले यसअघि पनि गीत संगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा कीर्तिमान कायम गरिसकेका छन्। 

उनले गीतसंगीतमा सामाजिक सद्भावका गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व कीर्तिमान कायम गरेका हुन्। 


Advertisement

उपाध्यायलाई विश्व कीर्तिमान कायम राख्न संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन्। 

०७५ असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बमबाट सुरु भएको डीआर उपाध्यायको सांगीतिक यात्राले ३२ विश्व रेकर्ड कायम गरेको छ। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्