×

NMB BANK
NIC ASIA

बल्ल आइसोलेसन भवन खोजी

साउन २६, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो ।

Muktinath Bank

मन्त्रालय सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय शय्या तयार गरिएको छ । त्यहाँ चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना छ,’ डा. अधिकारीले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा. जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो । क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो । तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ ।


Advertisment
Nabil box
Kumari

भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन् । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । डा. श्रेष्ठले आइतबार राति ९ बजेसम्म १ सय १६ जना संक्रमित भर्ना भएको जानकारी दिए । ‘२० जना संक्रमित व्यवस्थापन गर्ने कर्मचारीले एक सयभन्दा बढीलाई व्यवस्थापन गरिरहेका छौं । संक्रमित आउने क्रम जारी छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

आयुर्वेद अस्पताल वरिपरि खाली भवन खोजेर थप आठ सय जना व्यवस्थापन गर्ने योजना स्वास्थ्य मन्त्रालयको छ । मनमोहन अस्पतालले मेडिकल कलेजका लागि तयार गरेको इचंगुनारायणको भवनमा पनि दुई सय जना व्यवस्थापन गर्ने तयारी छ । ‘कीर्तिपुर र मनमोहनको भवन पनि भरिए खरिपाटीको विद्युत् प्राधिकरणको भवनलाई प्रयोग गर्ने योजना छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले भने ।

मन्त्रालयले यसअघि नै कोरोना संक्रमितलाई उपचार गर्न तोकेका बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय २०, पाटन अस्पतालमा ६०, केएमसीमा १ सय शय्या, टेकुमा ५४ शय्या छन् । ती सबै संक्रमितले भरिएपछि सेना र प्रहरी अस्पतालमा राख्ने निर्णय गरेको थियो ।

यी दुई अस्पताललाई असार २१ को मन्त्रीस्तरीय बैठकले लेभल २ मा समावेश गरेको थियो । तर, सैनिक अस्पतालले संक्रमित सेना र प्रहरीले संक्रमित प्रहरीलाई मात्रै भर्ना गर्ने भनेपछि मन्त्रालयले अर्को विकल्प अघि सारेको हो ।

सरकारी अस्पतालले मात्रै सम्भव नभए ठूला हब अस्पताल र स्याटलाइट अस्पताललाई पनि तयारी अवस्थामा राख्न छलफल भइरहेको डा. अधिकारीले बताए । धुलिखेल, सिभिल, वीर, पाटन, टिचिङ र आर्मी हब अस्पताल हुन् । यी अस्पतालको मातहतमा रहेका स्याटलाइट अस्पतालबाट संक्रमितको कसरी व्यवस्थापन गर्न सकिन्छ, योजना बनाएर ल्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ ।

९२ संक्रमित थपिए

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा आइतबार ९२ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या १ हजार १ सय ३६ पुगेको छ । काठमाडौंका ९ सय १२ संक्रमितमध्ये १ सय १६ जना संक्रमण मुक्त भइसकेका छन् । ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ संक्रमित भएकामा ३२–३२ जना संक्रमण मुक्त भइसकेका छन् । उपत्यकामा ६ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ६४ प्रतिशत बाहिरबाट आएको पाइएको बताए । ‘संक्रमितको संख्या बढेसँगै कुनै पनि ठाउँ सुरक्षित छैन । सचेत हुनु जरुरी छ,’ उनले भने, ‘रेस्टुरेन्ट खुलेका छन् । सावधानी अपनाइएको छैन । पसल र रेस्टुरेन्टमा भीडभाड हुँदा हामीलाई तनाव हुन्छ ।’

स्वास्थ्य मन्त्रालयमा ८१ जनाको पीसीआर गर्दा आइतबार ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यसमा तीन जना मन्त्रालयका सहयोगी हुन् । एक जना भने सर्वसाधारण हुन् । ‘मन्त्रालयमा चिया दिने कर्मचारीलाई समेत कोरोना देखिएपछि थप जोखिम बढेको छ,’ ईडीसीडीका निर्देशक डा. पाण्डेले भने ।

ईडीसीडीका अनुसार गंगालाल अस्पतालमा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । गंगालालमा संक्रमितको संख्या १६ जना पुगेको छ । त्यस्तै एभरेस्ट बैंकमा तीन जनामा संक्रमण पुष्टि भएको छ । सर्वसाधारणको प्रत्यक्ष संलग्न हुने प्रहरी र अन्य कार्यालयका कर्मचारीलाई संक्रमण देखिएपछि समुदायमा फैलने आकलन स्वास्थ्य मन्त्रालयले गरेको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरीले परिवार र आफन्तलाई समेत सारेको पाइएको मन्त्रालयले जनाएको छ ।  कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x