×

NMB BANK
NIC ASIA

सडकमा सेना, चोकहरूमा काँडेतार

साउन २६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

नेपालगन्ज उपमहानगरका सबैजसो वडामा कोरोना संक्रमित भेटिएपछि स्थितिलाई थप बिग्रन नदिन आइतबारबाट सेना परिचालन गरिएको छ । नगरका मूल सडकहरूमा काँडेतार लगाइएको छ ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञालाई स्थानीयले बेवास्ता गरेपछि सेना सडकमा उतार्नु परेको हो । सेना परिचालनसँगै संक्रमित भेटिएका विभिन्न क्षेत्र सिल गरिएका छन् । धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग र बसपार्क क्षेत्रलगायतमा काँडेतार लगाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिल गरिएका क्षेत्रमा बिरामीका लागि औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाइएको बताए । ‘महामारी फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यसले नियन्त्रणमा सघाउँछ ।’ कर्मचारीमा कोरोना देखिएपछि नगरभित्रका सातवटा सरकारी कार्यालय बन्द गरिएका छन् ।


Advertisment
Nabil box
Kumari

उपमहानगरका २३ वडामध्ये १९ वटामा संक्रमण पुष्टि भइसकेको छ । बजार र आवास क्षेत्रमा संक्रमित भेटिएका छन् । संक्रमण नदेखिएका नेपालगन्ज–६ फुल्टेक्रा, वडा १९ वसुदेवपुर, २१ को पुरैनी, २३ को हिरमिनियामा अहिलेसम्म स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । परीक्षण नभएपछि त्यहाँको अवस्था खुलेको छैन ।

Vianet communication
Laxmi Bank

गत बिहीबारयता चार दिनमा नगर क्षेत्रमा १ सय ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । आइतबार नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३० जना प्रहरी छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार २०, शुक्रबार ४९ र बिहीबार २८ जनामा संक्रमण देखिएको हो । अन्यमा त्यसअघि नै देखिएको थियो । अहिलेसम्म बाँकेमा ६ सय १७ जना संक्रमित भइसकेका छन् । यसपालि प्रदेश सांसद, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, व्यवसायी, सरकारी अधिकारी, पार्टीका नेतामा कोरोना देखिएको छ ।

परीक्षणको दायरा बढाएसँगै संक्रमण पुष्टि हुनेको संख्या बढेको हो । स्वास्थ्य कार्यालय कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘व्यवस्थापनमा चुनौती छ । समुदायमा त्रास छ ।’ सर्वसाधारण घरबाहिर निस्किन डराएका छन् ।

नेपालगन्जमा दोस्रो पटक संक्रमित धेरै भेटिन थालेपछि स्थानीय प्रशासनले मंगलबारसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बजार पूर्ण रूपमा बन्द गरिएको छ । औषधि पसल पनि बन्द छन् ।

‘असावधानीले संक्रमण फैलिएको अवस्था छ,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘सरकारी कार्यालयदेखि बजार र समुदायमा सावधानी अपनाइएको देखिँदैन । सामाजिक दूरीको के कुरा, मास्क लगाएको समेत देखिँदैन ।’ परीक्षणको दायरा बढाउनु आवश्यक रहेको उनले बताए । मास्क नलगाउनेलाई प्रहरीले जरिवाना गर्दै आएको छ ।

सुरुमा भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिने गरेको थियो । क्वारेन्टाइन सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए । डा. पाण्डेले पछिल्लो समय कोरोनाको संक्रमण समुदायमा सरेको शंका गर्ने आधार देखिन थालेको बताए । कान्तिपुर दैनिकमा ​ठाकुरसिंह थारू,मधु शाही र रूपा गहतराजले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x