×

NMB BANK
NIC ASIA

नेकपाकै सांसदहरू भन्छन् : पार्टी राइट हो कि लेफ्ट थाहा पाउन सकिएन

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पद र पद्धतिको लडाइँमा पार्टी नेतृत्व अल्झिरहेका बेला नेकपाका ६३ सांसदले पार्टी विभाजनका लागि हुने कुनै गतिविधिमा आफूहरू संलग्न नहुने स्पष्ट पारेका छन् । शीर्ष नेतृत्व तहमा देखापरेको गम्भीर अन्तरविरोधले दुई ठूला कम्युनिस्ट पार्टीको एकता प्रक्रिया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेको भन्दै उनीहरूले पार्टीलाई एकताबद्ध बनाउन प्रतिबद्ध रहेको बताए ।

Sagarmatha Cement
Muktinath Bank

नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार पत्रकार सम्मेलन गरेर ओली, दाहाल र नेपाल समूहका ६३ सांसदले एकताविरोधी क्रियाकलाप रोक्न प्रतिबद्ध रहेको जनाएका हुन् । ‘पार्टीको नीति, कार्यक्रम, सिद्धान्त, संगठनात्मक संरचनासम्बन्धी बहसभन्दा अन्य विषयमा केन्द्रित भई शीर्ष नेतृत्व तहमा देखापरेको अन्तरविरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएकाले हामी कार्यकर्ताको तहबाट साथ र सहयोग हुन सक्दैन,’ सांसदहरूको संयुक्त विज्ञप्तिमा छ, ‘पार्टीभित्र देखिएको संकट समाधानका लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई सुदृढ बनाउन जनताले निर्वाचन गरी पठाएका देशको सर्वोच्च प्रतिनिधि संस्थाको सदस्य भएको नाताले हामी कतै विभक्त नभई एकताको पक्षमा उभिएका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसदहरूले एकता महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने र राजनीतिक स्थायित्व सुदृढ हुने गरी भूमिका खेल्ने, विचार र सिद्धान्तले निर्देशित गरेको पद्धतिमा विधि–प्रक्रियाद्वारा वस्तुगत समाधान खोज्ने र पार्टीका कुनै पनि फोरम र सञ्चारमाध्यमबाट अभिव्यक्ति नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा नेकपा सांसद कृष्णप्रसाद दाहालले गुटको बहुमतका लागि आफूहरूको टाउको नगन्न शीर्ष नेतालाई आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

‘हामी सांसदहरूको टाउको गनेर पार्टी विभाजनको सपना देखेको भए त्यो गल्ती नगर्नुस्,’ उनले भने । उनले आफूहरूका कारण पार्टी फुट्छ भन्दै हिँड्नेलाई बल नपुगोस् भनेर पनि कसैको पक्षमा नलाग्ने निर्णय गरेको बताए ।

विशाल भट्टराईले एकताका लागि पार्टी कार्यालय र नेताहरूका घरमा धर्ना दिन पनि आफूहरू तयार रहेको बताए । उनले अहिले नेताहरूका बीचमा पदको लडाइँ भइरहेको भन्दै त्यसलाई त्याग्न आग्रह गरे ।

Vianet communication
Laxmi Bank

रामकुमारी झाँक्रीले नेकपा नेतृत्वमा विचारधारा स्खलित र व्यक्तिवादी सोच हावी भएको बताइन् । ‘विचारका हिसाबले अहिले नेकपा राइट हो कि लेफ्ट थाहा पाउन सकिने अवस्था छैन,’ उनले भनिन्, ‘यस्तै अवस्थामा नेताहरूले जनतालाई सदृढ पार्टी बुझाउँछन् या खरानी मात्रै बुझाउँछन् संशय छ ।’

यज्ञराज सुनुवारले नेकपा विभाजन भए व्यवस्था नै संकटमा पर्ने बताए । ‘अहिले नेकपामा दुईथरी कार्यकर्ता छन्, एकथरी जनताको घरदैलोमा जान्छन्, अर्कोथरी नेताका जन्मदिनमा केक बोकेर नेताका घरमा जान्छन्, केक बोकेर कुद्नेबाहेकका कार्यकर्ता पार्टी एकताको पक्षमा छन्,’ उनले भने । जीवनराम श्रेष्ठले विधिमा बसेर विवाद समाधान हुने भएकाले पार्टी बैठक डाक्न आग्रह गरे ।

सांसद अञ्जना विशंखेले पार्टी एकता भइनसक्दै विभाजनको संघारमा पुगेको भन्दै पार्टी फुटका लागि गरिने कुनै पनि अभियानमा आफूहरूको साथ नरहने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x