फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
मिर्गौलाका बिरामी विराटनगर–१० का ६३ वर्षीय पुरुषको शनिबार मृत्यु भयो । परिवारजनले त्यही दिन अन्तिम संस्कार गरे । कोरोना संक्रमित भनिएका मृतकको दुई ल्याबमा गरिएको स्वाब परीक्षण रिपोर्ट भने फरक–फरक आएको छ ।
कोसी अस्पतालमा बिहीबार गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हो ।
प्रदेश सरकारले कोरोना संक्रमणबाटै उनको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिएको रिपोर्टका आधारमा तथ्यांक सार्वजनिक गरिएको बताए । प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले दुई दिनकै फरकमा संक्रमण निको नहुने भएकाले उनको संक्रमणबाटै मृत्यु भएको दाबी गरे ।
‘पछिल्लोपटक स्वाब संकलनका साथै अन्यमा त्रुटि भएको हुन सक्छ,’ उनले भने । पीसीआर परीक्षणको रिपोर्ट ६५ देखि ७० प्रतिशत मात्र सही हुने भएकाले यस्तो समस्या देखिनु सामान्य भएको यादवको भनाइ छ ।
मृतकलाई बिहीबार कोसी अस्पतालमा उपचार गर्न लैजाँदा स्वाब संकलन गरिएको थियो ।
स्वास्थ्य अवस्था बिग्रिँदै गएको र स्वाब परीक्षणको रिपोर्ट पनि नआएकाले उनलाई शुक्रबार थप उपचारका लागि बीपी प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले भर्ना गर्नु अगावै स्वाब लिएको तर शनिबार उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
कोरोना रिपोर्ट पोजिटिभ आएकाले विराटनगर महानगरले मृतकका परिवारलाई अन्तिम संस्कारका लागि शव लैजान रोकेका थिए । विवाद भएपछि महानगरले परिवारका सदस्यहरूलाई मात्रै अन्तिम संस्कारमा सहभागी हुने सर्तमा शव लैजान दियो । महानगरले मृतकको परिवारजनको स्वाब परीक्षण गर्ने जनाएको छ । योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...