×

NMB BANK
NIC ASIA

उपचार नपाएर मृत्यु भएको भन्दै प्रदर्शन

साउन २६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

 कोरोना संक्रमणको ‘हट स्पट’ बनेको वीरगन्जमा सामान्य ज्वरो, खोकी र दमका बिरामीले उपचार पाउन सकेका छैनन् । निजी अस्पताल चहार्दा–चहार्दै तीन दिनमा तीन जनाको मृत्यु भएपछि आक्रोशित बनेका वीरगन्जवासी आइतबार सडक प्रदर्शनमा उत्रिए । स्थानीयले वीरगन्जको नारायणी अस्पतालअगाडि निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गरेका हुन् ।

Muktinath Bank

वीरगन्ज महानगरपालिकामा गत साउन १० देखि निषेधाज्ञा जारी छ । अस्पताल र चिकित्सकविरुद्ध नाराबाजी गर्नेमा शुक्रबार राति मृत्यु भएकी वीरगन्ज–२ छपकैया निवासी २० वर्षीया विष्णु लामाका परिवार पनि थिए । एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राति ११ देखि २ बजेसम्म सात वटा अस्पताल चहार्दा–चहार्दै उनको मृत्यु भएको थियो । मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विष्णुको जस्तो नियति अरू कसैको नहोस्, चिकित्सक र अस्पतालले आइन्दा लापरबाही नगरुन् भनेर सडकमा उत्रिएका हौं,’ प्रदर्शनमा उत्रिएकी विष्णुकी भाउजू अञ्जु तामाङले भनिन् । प्रदशर्नकारीले विष्णुलाई उपचार नगर्ने अस्पताललाई कारबाही र उनकी ४ वर्षीया छोरीको भरणपोषणको व्यवस्था हुनुपर्ने मागसमेत गरेका छन् । प्रदर्शनकारीले अस्पताल परिसरमा रहेको कोरोना बुथ र नारायणी अस्थायी कोरोना (गण्डक) अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहको ना१२च ५९५५ नम्बरको गाडीको सिसा फुटाइदिएका थिए । प्रहरी र प्रदर्शनकारीबीच केहीबेर दोहोरो ढुंगामुढा प्रहारसमेत भएको थियो । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गरेको थियो ।
थपिए ७५ संक्रमित


Advertisment
Nabil box
Kumari

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्सा प्रहरीमा कार्यरत ९ सहित ७५ जनामा कोरोना पोजिटिभ देखिएको छ । वीरगन्ज महानगरको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् ।

Vianet communication
Laxmi Bank

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक कर्मचारीमा पनि संक्रमण पाइएको छ । नारायणी अस्पतालमा कार्यरत ३ र वारुणयन्त्रका २ कर्मचारीसमेत संक्रमित भएका छन् । डा. उपाध्यायका अनुसार संक्रमितमध्ये १५ जना महिला छन् । ८ जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ । २९ जनामा कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना पोजिटिभ पाइएको उनले बताए । सशुल्क परीक्षण गराएका ११ जनामा पनि संक्रमण पुष्टि भएको हो । कान्तिपुर दैनिकमा  भूषण यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x