×

NMB BANK
NIC ASIA

बाढीले सुत्केरी तथा गर्भवती प्रभावित

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो । 

Muktinath Bank

    ती किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी रहेका छन् । नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान दिन थालेको छ भने गर्भवती र सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला नै दिन थालेको उपप्रमुख छाया देवकोटाले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“महिलालाई बढी समस्या हुन्छ, यस्तो समस्यामा महिलालाई सरसफाइका लागि सामग्री चाहिन्छ”, उनले भनिन्, “महिलालाई पानी शुद्धीकरणका लागि चाहिने पियुससमेत दिएका छौँ । यस्तो बेलामा शुद्ध पानी आवश्यक हुन्छ ।”


Advertisment
Nabil box
Kumari

    बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरुका लागि पोषण सहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ । उहाँले “हामीले विभिन्न सङ्घसंस्थासँग पोषण प्याकेज सहयोगका लागि समन्वयसमेत गरिरहेका छौँ । गर्भावस्था र सुत्केरी अवस्था विशेष अवस्था भएकाले हामी गम्भिर छौँ ।”

Vianet communication
Laxmi Bank

    भजनी–८ की रुपा चौधरीको दुई महिनाकी छोरी छिन् । दुई महिनाकी सुत्केरी रुपा बाढी आएपछि परिवारसँगै विस्थापित हुनुभयो । रुपाको परिवार पाँच दिन पथरैया पुलमा पाल टाँगेर बसिन्। “पालमुनि बस्दा निकै कठिन भयो, त्यहाँ खान पनि पाइएन”, उनले भनिन्, “पानी घटेपछि घर फर्कियौँ तर घरमा सबै खाद्यान्न नष्ट भइसकेको छ ।”

    उनको परिवारलाई शनिबार नगरपालिका र केही सङ्घसंस्थाका प्रतिनिधि आएर राहतस्वरुप खाद्यान्न दिए । “बच्चाको सरसफाइ पनि राम्ररी गर्न पाएकी थिइन”, रुपाले भनिन्, “साबुन पाएपछि बच्चालाई नुहाइदिए, अनि लुगा पनि रहेछ । नयाँ लुगा फेरिदिए ।” सुत्केरी महिलालाई बढी आवश्यकता र समस्या हुने भएकाले विशेष राहत दिनुपर्ने उनको माग छ ।
    
    भजनी–५ की रत्ना धामी गर्भवती छिन्। गर्भवती भएदेखि नियमित अण्डा, दूध खाने उनलाई आजभोलि भात खानै समस्या भएको छ । छ महिनाकी गर्भवती रत्ना आफूजस्ता महिलालाई सरकारले बिशेष सहयोग गर्नुपर्ने माग गर्नुहुन्छ । “हामीले राम्ररी खान पाएका छैनौँ, बाढीले जताततै दुर्गन्ध छ । स्वास्थ्य परीक्षण, पोषिलो खानेकुरा खाने अवस्था छैन । हामीलाई सरकारले हेरोस्”, उनले भनिन् ।

    भजनी नगरपालिकामा बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका थिए । पानी घटेपछि उनीहरु घर फर्कने क्रम जारी छ । सामान्य बाढीले प्रभाव पारेका परिवार त दुई हजार बढी छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x