×

NMB BANK
NIC ASIA

जनस्वास्थ्यमा खेलबाड

कोरोनाका बिरामी भेन्टिलेटर नपाएर ज्यान गुमाउँदै, उपकरण खरिदमा अलमल

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साउन १२ गते धनुषाको शहीदनगर नगरपालिकाको डुमरिया गाउँका १ जना ३८ वर्षीय संक्रमित युवकको मृत्यु भयो । प्रादेशिक अस्पताल जनकपुरको आईसीयू वार्डमा रहेका २ वटा भेन्टिलेटर पहिलेदेखि नै अन्य बिरामीले ओगटेको कारण थप उपचारका लागि धरान पठाउने क्रममा बाटोमा नै उनको मृत्यु भयो ।

Muktinath Bank

प्रादेशिक अस्पतालको आईसीयूमा ५ वटा भेन्टिलेटर रहे पनि २ वटा भेन्टिलेटर मात्र सञ्चालनमा छन् । कोभिड अस्पतालको आइसोलेसन वार्डमा भने एउटा पनि भेन्टिलेटर छैन । धनुषाका ती युवक मात्र होइन, २ नम्बर प्रदेशमा २६ जना कोरोना संक्रमितको उपचार अभावमा मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

साउन २५ गतेसम्म प्रदेशमा २१ जना पुरुष र ५ जना महिला गरी २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार हालसम्म धनुषा, महोत्तरी र सिरहामा १/१ जना, सप्तरी, रौतहट र बारामा २/२ जना र पर्सामा सबैभन्दा बढी १७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

Vianet communication
Laxmi Bank

झाका अनुसार प्रदेशका सरकारी अस्पतालमा जम्मा ९ वटा भेन्टिलेटर मात्र छन् । पछिल्लो ४ महिनामा प्रदेश सरकारले अन्य स्वास्थ्य सामग्री तथा उपकरण खरिद गरेको भए पनि अत्यावश्यक रहेको भेन्टिलेटर सहितका सामग्री भन्ने किन्न सकेको छैन ।

गत चैत्र ११ गते पहिलो पटक लकडाउन घोषणा भएयता प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले कोरोना विरुद्धको लडाइँमा कुनै कसर बाँकी नराख्ने भनेर पटक–पटक प्रतिबद्धता जनाइसकेका छन् । त्यसका लागि करोडौं रुपैयाँ खर्च पनि गरिएको छ तर कोभिड अस्पतालको रूपमा स्थापना गरिएका आइसोलेसन सेन्टरमा आईसीयू कक्षसहित भेन्टिलेटर लगायतको सुविधा उपलब्ध नहुँदा संक्रमित बिरामीले ज्यान गुमाउनुपरेको छ ।

सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० थान भेन्टिलेटर तथा आईसीयूसहित अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि टेन्डर आह्वान गरे पनि खरिद भने गर्न सकेको छैन । टेन्डर आह्वान हुनुका साथै आपूर्तिकर्ताले आवेदन फाराम समेत भरे पनि कमिसनको कुरा मिल्न नसकेका कारण टेन्डर प्रक्रिया नै अड्किएको कतिपयले आशंका गरेका छन् । 

‘विगतमा अन्य स्वास्थ्य उपकरण खरिद गर्दा आपूर्तिकर्ता फर्मसँग मोटो रकम कमिसनबापत लिइएको थियो,’ एक जना आपूर्तिकर्ताले भने, ‘तर यस पटक नयाँ आपूर्तिकर्ताले समेत फारम भरेका कारण कमिसनको कुरा मिल्न नसके पछि खरिद प्रक्रिया अगाडि बढेको छैन ।’

केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादवका अनुसार ३ वटा प्याकेजमा ३६ थान आइटम सहितको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान गरिए पनि आर्थिक वर्ष सकिएको तथा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको असार २५ गते सरुवा भएका कारण टेन्डर प्रक्रिया नै अड्किएको छ । 

भेन्टिलेटर सहितका उपकरण खरिद गर्नका लागि प्रदेश मन्त्रिपरिषद् बैठकबाट स्रोत सुनिश्चित गरिएपछि वैशाख ७ गते सामाजिक विकास मन्त्रालयले खरिद गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रलाई खरिद प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो । केन्द्रका सूचना अधिकारी श्रवण नायकका अनुसार सामाजिक विकास मन्त्रालयले उपकरण खरिद गर्न ६६ करोड ६८ लाख ८८ हजार २५० रुपैयाँको स्रोत सुनिश्चित गरिएको पत्र पठाएको थियो ।

‘त्यसमा थप ३ वटा रियल टाइम पीसीआर मशिन खरिद गर्नका लागि भन्दै ३ करोड १३ लाख ७५ हजार ७५० रुपैयाँको समेत स्रोत सुनिश्चित गरिएको थियो,’ नायकले भने, ‘भेन्टिलेटर सहितका उपकरण खरिदका लागि ६३ करोड १५ लाख १२ हजार ५०० रुपैयाँको स्रोत सुनिश्चित गरिएको थियो ।’

३ प्याकेजमा भेन्टिलेटर सहितका उपकरण खरिद गर्ने भनेर केन्द्रले ‘स्पेसिफिकेसन’ तयार पारेर असार ५ गते १ हप्ताको म्याद राखेर सूचना प्रकाशित गरेको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालय, सामाजिक विकास मन्त्रालयमा समेत सूचना प्रकाशित गरिएको थियो । ‘प्रकाशित सूचना प्राविधिक कुराहरू केही छुटेका कारण २ पटक म्यादलाई संशोधन गरेर थप गर्दै असार १७ गते आवेदन भरेका टेन्डरको ओपनिङ पनि भयो,’ नायकले लोकान्तरसँग भने, ‘कूल ९ वटा फर्महरूले भरेको आवेदनको मुचुल्का उठाएर प्रमाणीकरण समेत गरेर मूल्यांकन प्रक्रिया समेत अगाडि बढाइसकेका थियौं ।’

तर खरिद प्रक्रियाका लागि आपूर्तिकर्तासँग सम्झौता गर्न बजेटको स्रोत सुनिश्चित भएको भनेर शीर्षक सहितको रकमको सुनिश्चितताका लागि सामाजिक विकास मन्त्रालयमा पत्र पठाउँदा मन्त्रालयका सचिव घिमिरेको सरुवा भएका कारण उताबाट कुनै जवाफ नै नआएपछि खरिद गर्ने/नगर्ने भन्ने अन्योल भएको उनले बताए । त्यसअघि मन्त्रालयले स्रोत सुनिश्चित गरे पनि केन्द्रको खातामा रकम नआएको, खर्च गर्न पीएलआईएमबीएस प्रणालीमा शीर्षक र रकम सहितको खातामा रकम नआएको कारण कसरी खरिद गर्ने अन्योल भएका कारण आपूर्तिकर्ताको छनौट तथा खरिद सम्झौता अगाडि नबढेको उनले बताए ।

‘मन्त्रालयमा निमित्त सचिव रहे पनि स्रोत सुनिश्चितको कुराको निर्णय गर्न सचिव नै हुनुपर्ने र आर्थिक वर्ष समेत सकिएर अर्को नयाँ आर्थिक वर्ष लागि सकेपछि खरिद योजनालाई बहुबर्षीय योजनामा लैजानका लागि समेत मन्त्रालयसँग हामीले मार्गदर्शन मागेका थियौं,’ नायकले भने, ‘तर उताबाट कुनै जवाफ नै नआएकाले खरिद प्रक्रिया अन्योलमा परेको हो ।’ 

सूचनामा ३ प्याकेज बनाउनु भ्रष्टाचारको नियत

केन्द्रले एउटा प्याकेजमा ७ वटा, दोस्रो प्याकेजमा १२ वटा र तेस्रो प्याकेजमा १७ वटा गरेर कूल ३६ वटा उपकरणहरू खरिद गर्नका लागि सूचना प्रकाशित गरेको थियो । पहिलो प्याकेजमा ३० वटा भेन्टिलेटर, १५० वटा प्यासेन्ट मोनिटर मशिन, ९ वटा सेन्ट्रल मोनिटर मशिन, १० वटा डीप फाइब्रिलेटर, १५ वटा पीसीजी १२ लेड मशिन, १५० वटा इनफ्यूजन मशिन र १५० वटा सिरिन्ज पम्प खरिदका लागि सूचना प्रकाशित गरिएको थियो । 

दोस्रो प्याकेजमा १५० वटा आईसीयू शय्या, १५० वटा आईभी स्ट्यान्ड, ३० वटा सक्सन मशिन, १०० वटा अम्बू ब्याग, ५० वटा नेबुलाइजर, ५० वटा मेडिसिन ट्रली, १५ वटा एक्सरे भ्यू बोक्स, १५ वटा अटोक्लेभ, १५ वटा ह्विलचेयर, ४० वटा प्यासेन्ट ट्रली खरिदका लागि सूचना प्रकाशित गरिएको थियो । १०० वटा टीपी, ५० वटा रबर फेस मास्क, ४०० वटा एयर म्याट्रेस, १०० वटा बेन सर्किट, ३० वटा निडिल डिस्ट्रोयर, ५० वटा गाइडेड एयर ब्याग, २५ वटा वेईङ मशिन खरिदका लागि सूचना प्रकाशित गरिएको थियो । 

तेस्रो प्याकेज अन्तर्गत १५ वटा यूएसजी पोर्टेबुल, १५ वटा एबीजी मशिन, १० वटा भिडियो ल्यारींगोस्कोप, १० वटा फाइबर अप्टिब्रोंकोस्को, २० वटा ग्लूकोमिटर, ४० वटा ब्लड वार्मर, ५० वटा बी प्याक, ५० वटा सी प्याक, १५ वटा एक्स रे पोर्टेबुल मशिन, २५ वटा पल्स अक्सिमिटर, २५ वटा अक्सिजन कन्सेन्ट्रेटेड र १२० वटा शय्या साइड लकर खरिद गर्नका लागि सूचना प्रकाशित गरिएको थियो । 

हस्पिटेक इन्टरप्राइजेज प्रालि काठमाडौं, जीएम मेडी हेल्थ कन्सर्ण भक्तपुर, रिलायन्स इन्फ्राटेक प्रालि काठमाडौं, द मेडिकल सोलुसन प्रालि काठमाडौं, बायोमेड इन्टरनेसनल प्रालि काठमाडौं, सगरमाथा बायोमेडिकल इन्जिनीयरिङ सर्भिसेज कन्सर्न प्रालि काठमाडौं, हिमालयन/सञ्जीवनी/स्वस्तिका जेभी जनकपुर, प्राइम लाइफ केयर इन्टरनेसनल काठमाडौं र फिटवेल एक्जिम प्रालि काठमाडौंसहित कूल ९ वटा आपूर्तिकर्ताले बोलपत्र दर्ता गराएका थिए ।

सामानहरू आपूर्ति गर्नका लागि ३ वटा प्याकेज बनाइनु पछाडि नै भ्रष्टाचारको बदनियत रहेको एक जना आपूर्तिकर्ताले बताए । ‘कूल ३६ वटा उपकरण रहेकोमा ३६ वटामध्ये छुट्टाछुट्टै उपकरणको सूचना प्रकाशित गरेको भए आपूर्तिकर्ताले एउटा–एउटा सामानको कम रकम प्रस्ताव गरेको अवस्थामा खरिद गरेको भए राज्यको पैसा पनि बच्न सक्थ्यो,’ ती आपूर्तिकर्ताले भने, ‘तर प्याकेजको सबै सामान आपूर्ति गर्नेसँग मात्र खरिद गर्ने भनेपछि कुनै सामानमा कम रकम वा कुनैमा धेरै बढी रकम भए पनि उसैको किन्नुपर्ने हुन्छ ।’ 

प्याकेजका सबै सामान आपूर्ति गर्न पनि समस्या हुने हुँदा सीमित आपूर्तिकर्ताले मात्र सबै सामान उपलब्ध गराउन सक्ने अवस्था पनि हुन्छ । त्यसैले आफू निकट रहेको आपूर्तिकर्तासँगको मिलेमतोमा नै प्याकेज बनाउने काम गरेर भ्रष्टाचारको सेटिङ मिलाइएको उनले बताए । 

छुट्टाछुट्टै उपकरण खरिद गर्ने हो भने टेन्डरको मूल्यांकन गर्न नै महिनौं लाग्ने हुनाले एकसाथ प्याकेजमा सामान खरिद गर्ने गरेको नायक बताउँछन् । विशेष परिस्थितिमा कम समयमा छिटोभन्दा छिटो ती उपकरणहरू खरिद गर्न सकियोस् भन्ने उद्देश्यले प्याकेजमै टेन्डर गरिएको उनले जिकिर गरे ।

‘एक सप्ताहका लागि सूचना प्रकाशित गरेको भए पनि कबुल गरेको रकमको साढे २ प्रतिशत रकम बैंक ग्यारेन्टी हालसम्म राखिएको छ,’ बोलपत्र आवेदन भरेका ती आपूर्तिकर्ताले भने, ‘कि त टेन्डर प्रक्रिया खारेज गरेर हाम्रो ग्यारेन्टी फुकुवा गर्नुपर्‍यो, कि त फर्म छनोट गरेर खरिद गर्नुपर्‍यो ।’ 

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x