नेपाल खानेपानी संस्थानका इञ्जिनीयर साह २ लाख ३३ हजार घुसहित रंगेहात पक्राउ

सांकेतिक तस्वीर

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इञ्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेसीबाट पक्राउ गरेको हो ।


Advertisement

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौं आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले आज जनाएको छ । रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्