×

NMB BANK
NIC ASIA

बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरू

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्किनुभएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

Muktinath Bank

काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उहाँलाई चिन्ता बढेको हो । केही वर्षदेखि दिल्लीको एक होटलमा काम गर्दै आएका नेपाली कोरोनाको त्राससँगै होटल बन्द गरिएपछि चैत महिनामा घर फर्किएका थिए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी आफ्नै गाउँ ठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोचमा छन् तर मजदुरीको काम पाउनुभएको छैन । “कोरोनाका कारण भारतबाट फर्किन बाध्य भएँ, कमाएको जति सकियो, अब परिवारका ११ जना सदस्यलाई कसरी पाल्ने”, दुःखेसो गर्दै उनले भने, “आफ्नै ठाउँमा केही काम गर्ने सोच भए पनि कसैले ऋण दिँदैन ।” गत चैत ७ गते घर फर्किएका नेपालीले सिलाइकटाइ गर्ने आफ्नो पुख्र्याैली पेशा भए पनि सिलाइ मेसिन खरिद गर्न पैसा नहुँदा त्यसै बेरोजगार बनेको बताए ।


Advertisment
Nabil box
Kumari

    दिल्लीबाट फर्किनुभएका कृष्णपुर नगरपालिका वाणी गाउँका युवा वीरेन्द्र कठायत पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । उक्त गाउँमा कठायतसहित करीब ५० युवा भारतमा देखिएको कोरोनाको त्रासपछि वैशाख महिनामा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्किएका थिए । “काम नपाएपछि यतिबेला टोलमा भलिबल खेलेर दिन बिताउने गरेका छौँ”, कठायतले भने , “भारतमा काम पाउँदा हुने कमाइ घर पठाउँदा परिवार पाल्न सहज थियो, अहिले कमाइ बन्द हुँदा परिवार पाल्न गाह्रो भयो ।”

Vianet communication
Laxmi Bank

    कोरोनाको समस्या हटेपछि पुनः दिल्ली जाने योजना रहेको कठायतले सुनाउनुभयो । कोरोनाको कहरसँगै घर फर्किन बाध्य भएका धेरै सुदूरपश्चिमवासीले अहिले बेरोजगारको समस्या झेलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत हो तर कोरोनाको सन्त्रासका कारण गत चैत महिनायता धेरै नेपाली भारतबाट स्वदेश फर्किएका छन् । यो प्रदेशबाट झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी भारतका विभिन्न शहरमा काम गरिरहेको अनुमान छ । भारतका विभिन्न शहरमा होटल, सुरक्षा, यातायात र निजी कम्पनीमा बढी सङ्ख्यामा नेपाली कार्यरत रहेको बताइएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी कोरोनाको त्राससँगै चैत महिनायता एक लाख चार हजार सुदूरपश्चिमवासी भारतबाट फर्किएको बताउनुहुन्छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको बजेट कार्यक्रममार्फत कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवाका साथै प्रभावित कृषकलाई लक्षित गरी व्यवसायमुखी र आत्मनिरभरतर्फ उन्मुख गराउन कृषि कार्यक्रम ल्याएको छ । यद्यपि सरकारले बेरोजगार युवाका लागि ल्याएको कृषि कार्यक्रमका बारेमा यी युवा अनभिज्ञता प्रकट गर्दछन् । 

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवा र कृषकलाई कृषि कार्यमा सहभागी गराउन व्यसायमुखी कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताउनुहुन्छ । यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायत अनुदान दिने गरी मन्त्रालयले चालु वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ । 

    यसका लागि मन्त्रालयले कोरोनाका कारण प्रभावित भएका किसान र स्वदेश भित्रिएर बेरोजगार बनेका युवाको विवरणसमेत स्थानीय तहसँग समन्वय गरी सङ्कलन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

    प्रदेश सरकारले चालु आव ०७७/७८ मा प्रस्तुत गरेको बजेट नीति कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रभावित नागरिकलाई राहत पुग्ने, गरिबी न्यूनीकरण गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रतिकूल असरको क्षति न्यूनीकरण गर्ने, अर्थतन्त्रको पुनरोत्थानमा टेवा पुर्याउने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

    यस्तै रोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुको ज्ञान सीप क्षमताको प्रयोग गरी कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र अर्थतन्त्र गतिशील बनाउने जस्ता क्रियाकलाप सञ्चालनमा समेत बजेटले प्राथमिकता दिएको छ । सिद्धराज भट्ट,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x