×

NMB BANK
NIC ASIA

बुटवलको चारपाला सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ ।

Muktinath Bank

केही भूमाफियाले वनको ब्लक नम्बर २ अन्तर्गत बस्ती क्षेत्र (रम्भादेवी कलेज) नजिकै वनको जग्गा अतिक्रमणको चलखेल गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओमप्रकाश ठाकुरले केही महिनाअघि वनको साधारणसभा गर्दाको दिन मौका छोपेर भूमाफियाले वनको झण्डै १५ कठ्ठा जग्गामा डोजर प्रयोग गरी सम्याएको बताए । तर आफूहरूले प्रमाण पेश गर्न भनेपछि प्रमाण पुर्‍याउन नसकेर पछाडि हटेको बताए । 


Advertisment
Nabil box
Kumari

तर पछिल्लो समय प्रमाण जुटाउन नसकेपछि पनि पछाडि नहटी थप सक्रिय छन् । वनले अहिले जग्गालाई पर्खाल लगाउने योजना अगाडि सारेको छ । तर बजेट अभाव भएपछि त्यो कार्य अगाडि बढ्न सकेको छैन । 

Vianet communication
Laxmi Bank

वनको जग्गा अतिक्रमणमा बुटवलका राजनीतिक दलका नेताहरू नै संलग्न रहेको वनको आरोप छ । चारपाला वन बुटवलको पायक पर्ने वन हो । अतिक्रमित क्षेत्रलाई पर्खाल लगाउन स्थानीय तह बुटवल उपमहानगरपालिकाले खासै चासो दिएको छैन । यो वनले बुटवलको हरियाली र पर्यावरण सन्तुलनमा ठूलो महत्त्व राखेको छ । अतिक्रमित क्षेत्रमा पर्खाल लगाउन कम्तीमा १५ लाख रुपैयाँ बजेट आवश्यक पर्ने वनको अनुमान छ ।

पछिल्लो समय विभिन्न जातजातिका भवन, भाषाभाषीका भवन, मठमन्दिर र पाटीपौवाका नाम सामुदायिक वनहरू अतिक्रमण हुँदै गएका छन् । सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व भएका स्थानीय सरकारले त्यसतर्फ ध्यान दिन सकिरहेका छैनन् ।  

चारापाला वन २ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो नेपालकै ठूलो वन अन्तर्गत पर्छ । यो वन बुटवल उपमहानगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकामा गरी ३ स्थानीय तहसम्म फैलिएको छ । शुद्धोधन र सियारी गाउँपालिकाले वनको उपयोग गरे पनि वन संरक्षणमा कुनै योगदान गरेका छैनन् ।

बुटवल उपमहानगरपालिका–१२ का वडा अध्यक्ष दूर्गा सुवेदीले वन संरक्षण गर्नबाट आफूहरू पछाडि नहटेको दाबी गरे । उनले भने, ‘वन क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्ने सुनेको छु । वनले नगरसँग समन्वय गरेर अगाडि बढेमा वन संरक्षण गर्न बुटवल उपमहानगरपालिका तयार छ । बजेट अभावले पर्खाल लगाउन नसकिएकै हो भने सहयोग गर्न पनि उपमहानगर र वडा तयार छ ।’

वनमा दुर्लभ वन्यजन्तु समेत पाइन्छ । यहाँ विश्वकै दुर्लभ पहेलो कछुवा पनि भेटिएको छ । बाघ, भालु चितुवा, बदेल, हरिण लगायतका जंगली जनावर वनमा छन् । अतिक्रमण जंगली जनावरको बासस्थान समेत संकटमा पर्दै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x