सिजीको फ्यान र कुलरहरुको माग बढ्दो

नेपालकै नं.१ र ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले गर्मी मौसमलाई ध्यानमा राखि विभिन्न किसिमका आकर्षक एवं नयाँ मोडलका फ्यान र कुलरहरु नेपाली बजारमा ल्याएको छ ।

विभिन्न साइज र स्वरुपमा धेरै भन्दा धेरै प्रकारमा फ्यानहरु ल्याएको छ । जसमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, रिजार्जयबल फ्यान, अल पर्पोज फ्यान, एक्जस्ट फ्यान, टेबल र वाल फ्यान जस्ता रहेका छन् ।


Advertisement

यी सामानहरू आफ्नो आवश्यकता अनुरुप छानी–छानी सहुलियत दरमा खरिद गर्न सकिने ब्राण्डले जनाएको छ ।

सि.जी.ले अहिले सिलिङ फ्यानमा अकर्षक डिजाईन, धेरै टर्क मोटर र आर.पि.एम. रहेको, फ्यान चलाउदा विभिन्न किसिमका कलरहरु फाल्ने जस्ता विशेषताहरु रहेका छन् । त्यस्तै स्ट्याण्ड फ्यानमा पाँच वटा सम्म ब्लेडहरु रहेको छ, जसको कारण धेरै भन्दा धेरै हावा प्रवाह गर्दछ । 


Advertisement

रिमोट पनि रहेकोले अब तपाईहरुले यि फ्यानहरु सजिलै चलाउन सकिनेछ । 

बत्ती गएको समयमा पनि चिसो हावा लिनको लागि सि.जी.ले चार्ज गरेर चलाउन मिल्ने रिर्चाजेयबल फ्यानहरु समेत ल्याएको छ । होटल र अफिसमा सजिलै प्रयोग गर्न मिल्ने टेबल र वाल फयन ल्याएको छ । तपाईको किचेन भित्रको हावालाई बाहिर फाल्न एकजस्ट फयन रहेको छ । यसरी सि.जी.ले विभिन्न प्रकारका फ्यानहरु उपलब्ध गराई तपाईको जिवन शैली सहज बनाइदिएको छ । 

त्यस्तै अर्को नेपालकै कुलरहरुमा वाईडिएस रेन्ज बन्न सफल सि.जी.का कुलरहरु १४ प्रकारमा ल्याएको छ, जसको कारण तपाईहरुले सजिलै आफ्नो बजेट र आवश्यकता अनुरुप छानि छानी घर ल्याउन सकिनेछ । 

कुलरका प्रकारहरुमा डेजर्ट, विन्डोज, टावर र पर्सनल जस्ता रहेका छन् । यी कुलरहरुमा प्रायः सबैमा रिमोट पनि उपलब्ध गराएको छ । 

यसको मुख्य विशेषताहरु भनेको हनिकम प्याड, पावरपुल मोटर, आईस च्याम्बर, कार्बन फिल्टर, इनर्जी सेभिङ आदि जस्ता रहेका छन् । हेर्दा निकै नै आकर्षक भएको कारण यि कुलरहरुले तपाईहरुलाई मात्र नभई तपाईको कोठाको समेत सोभा बढाउने छ । यस्ता यस्ता धेरै भन्दा धेरै विशेषताहरु भएकै कारण आज बजारमा सि.जी.को फ्यान र कुलरहरुको माग आकाशिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्