डा रवीन्द्र पाण्डे भन्छन्– यसपटकको चाडपर्व भर्चुअल !

जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डेले यस वर्षको चाडपर्व भर्चुअल रूपमा मनाउन आग्रह गरेका छन् ।

कोरोना भाइरसबाट जाेगिन जनचेतना जगाउँदै आएका डा. पाण्डेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै चाडपर्व मनाउँदा भीडभाड नगर्न आग्रह गरेका हुन् । 


Advertisement

उनले लेखेका छन्, 'अहिले विश्वका अधिकांश देशमा कोरोना संक्रमण फैलिएको, सेकेन्ड वेभ आउने आंकलन गरिएको तथा जो कोहि पनि संक्रमित हुनसक्ने भएको हुँदा भीडभाड तथा पाहुना संस्कृति यो बर्षको लागि स्थगित गर्नुहुन अनुरोध गर्दछु ।'

उनले विषम परिस्थितिमा जमघट गर्न नहुने भन्दै भर्चुअल चाडपर्व मनाउनुको विकल्प नभएको बताएका छन् । 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्