×

NMB BANK
NIC ASIA

‘मुलुकी अपराध संहिता : एक टिप्पणी’ पुस्तक सार्वजनिक

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकी फौजदारी संहितालाई सरलीकृत गर्दै यसको अभ्यासको विश्लेषण सहितको मुलुकी अपराध संहिता : एक टिप्पणी पुस्तक विमोचन भएको छ । 

Muktinath Bank

लेखक विष्णुप्रसाद पाण्डेयद्वारा लिखित पुस्तक मुलुकी अपराध संहिता ः एक टिप्पणी सोमवार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फौजदारी कसूर सम्बन्धी परम्परागत कानूनलाई आवश्यक परिमार्जन र संशोधनसहित विश्वव्यापी रूपमा देखापरेका नयाँ प्रकृतिका कसूरलाई आपराधिकीकरण गरी संहिताबद्ध कानुनको रुपमा जारी मुलुकी अपराध संहिताको टिप्पणीसहित उल्लेख भएको पुस्ककको सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशले पनि राष्ट्रको कानूनमा समायानुकूल परिवर्तनको अपरिहार्यता ल्याउने बताए ।


Advertisment
Nabil box
Kumari

उनले प्रस्तुत पुस्तक मुलुकी अपराध संहिता : एक टिप्पणी केही वर्षअघि मात्र जारी भई लागू भएको मुलुकी फौजदारी संहिता लगायतका कानूनमा भएका प्रबन्ध समेटेर टिप्पणी भएकाले सान्दर्भिक रहेको बताए ।

Vianet communication
Laxmi Bank

विमोचित पुस्तकमाथि टिप्पणी गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले फौजदारी संहिताको सैद्धान्तिक विषय, संहिताको व्यवस्था, संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतले गरेको व्याख्यासम्म उल्लेख भएकाले कानून बुझ्न चाहनेका लागि उपयोगी पुस्तक रहेको बताए । उनले पुस्तक कानूनी भाषालाई सरलीकृत गरी टिप्पणी गरिएकाले सर्वसाधारणलाई समेत कानून बुझ्न सहज हुने बताए ।

टिप्पणी गर्दै अधिवक्ता डा. दीनमणि पोखरेलले मुलुकी फौजदारी संहिताको अवधारणा, व्यवस्था र व्याख्या सहितको पुस्तक प्रकाशन भएकाले कानून व्यवसायीका लागि अत्यन्तै उपयोगी रहेको बताए । उनले फौजदारी कानूनमा अन्तर्राष्ट्रिय अभ्यास समेत उल्लेख भएकाले पुस्तकले फौजदारी कानूनको समग्र पक्षलाई बुझाउन सक्ने विश्वास व्यक्त गरे ।

लेखक पाण्डेद्वारा प्रकाशित पुस्तक अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न महासन्धिहरूको पक्ष बनी नेपालको लागि सिर्जना भएको कार्यान्वयनको दायित्व, सर्वोच्च न्यायालयले विगतका घटना, मुद्धाका आधारमा दिएको भविष्यपरक दृष्टिकोण तथा समाजको विकाससँगै देखा परेका नयाँ घटना तथा गतिविधिलाई अपराधको रूपमा परिभाषित गरी सजायको प्रबन्ध गर्न वाञ्छनीय भएको सन्दर्भमा मुलुकी फौजदारी संहिता जारी भएको विषय र फौजदारी संहिताको व्यवस्थाको प्रत्येक दफामा टिप्पणी गरिएको छ । लेखक पाण्डेय सर्वोच्च अदालतका उपरजिस्ट्रार हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x