×

NMB BANK
NIC ASIA

कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुने

साउन २६, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ ।

Muktinath Bank

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन  तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड–१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म १५ दिनलाई कुनै पनि समितिको बैठक नराख्ने आज समितिको बैठकमा जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “कोभिड–१९ बाट जनता र देश आक्रान्त भएको अवस्थामा समितिका बैठक राख्नु ठिक हो कि होइन भन्ने प्रश्न उठेको र छलफलपछि सकेसम्म १५ दिन कुनै पनि समितिको बैठक नराख्ने भन्ने भएको  छ ।”


Advertisment
Nabil box
Kumari

अबको १५ दिनको अवधिपछि सङ्क्रमणको अवस्था हेरेर त्यसपछिका बैठक पनि राख्ने वा नराख्ने बारेमा थप मूल्याङकन हुने बताउँदै सभापति बिँडारीले भने, “१५ दिनसम्म माननीयज्यूहरू पनि बडो होसियारीका साथ बस्नुहोला, सुरक्षितरूपमा आवतजावत गर्नुहोला, जिल्लामा जाँदा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, कसैसँग हात नमिलाउने जस्ता नियम पालना गर्नुहोला ।”

Vianet communication
Laxmi Bank

कतिपय समितिका बैठक सञ्चालनका लागि भौतिक पूर्वाधारका संरचनाको अभावमा भौतिक र सामाजिक दूरी कायम गर्न असजिलो अवस्था छ । यद्यपि अब आउने हिउँदे अधिवेशनका निम्ति थुप्रै विधेयक तयार गर्नुपर्ने भएको र विधेयक समितिमा अलपत्र परेको हुँदा विधायन व्यवस्थापन समितिको बैठकलाई भने नियमित गर्ने कि भन्ने प्रश्न उठेको थियो ।

तथापि  विषयवस्तु र आवश्यकताका आधारमा अत्यन्त जरुरी भएको खण्डमा जोखिमप्रति सजग रहने, भौतिक र सामाजिक दूरी कायम गर्ने, सङ्क्रमण हुन नदिने सबै उपाय अवलम्बन गरी कमभन्दा कम मानिस बोलाएर स–साना सङ्ख्यामा उपसमिति सञ्चालन गर्न भने सकिने जानकारी दिइएको छ ।

उक्त आधारमा बैठक राख्ने वा नराख्ने अधिकार समितिका सभापतिलाई दिइएको सभापति बिँडारीले सदस्यलाई जानकारी दिए ।

प्रतिनिधिसभा मातहत १०, राष्ट्रियसभा मातहत चार र संयुक्त सदन मातहत दुई वटा विषयगत समिति छन् । नारायण न्यौपाने/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x