×

NMB BANK
NIC ASIA

उपत्यका प्रवेशमा कडाइ भने पनि साँगामा छैन झमेला, भित्रिँदै हुलका हुल [भिडियो स्टोरी]

साउन २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राजधानी काठमाडौंमा कोरोना संक्रमितको संख्या र खतरा बढ्दै गइरहेको बेला सोमवार बिहान उपत्यका छिर्ने पूर्वी नाका साँगाबाट मानिसहरू निर्वाध रूपमा प्रवेश गरिरहेका देखिए ।

Muktinath Bank

रामेछाप, काभ्रेका भित्री गाउँ, सिन्धुपाल्चोक र पूर्वबाट आउने मानिसहरू विना रोकतोक उपत्यका प्रवेश गरिरहेका थिए । सोमवार दिउँसो लोकान्तरको टीमले साँगा नाकामा अवलोकन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वका जिल्लाबाट आउने मानिसहरू बनेपाको धुलिखेलसम्म आउने र त्यहाँबाट जिल्ला भित्रका बस चढेर साँगासम्म आइपुगेपछि काठमाडौं आउने साझा बसमा चढेर निर्वाध रूपमा उपत्यका प्रवेश गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

कतिपय मानिसहरू साँगाबाट पदैल हिँडेर उपत्यका छिरेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

काभ्रेको नारायणटारबाट साँगासम्म बस चढेर आएका बुद्ध तामाङ त्यहाँबाट साझा बस चढ्दै थिए । काठमाडौंमा ज्यामीको काम गर्ने तामाङ ३ महिनाअघि पैदल हिँडेर घर गएका थिए । 

काठमाडौंमा काम शुरू भएपछि उनी फर्किएका हुन् । एउटा बसबाट साँगासम्म र त्यहाँबाट साझा बसमा जान पाइने भएपछि काठमाडौं आएको उनले बताए ।

सिन्धुपाल्चोकका रामबहादुर राई ३ वटा बस परिवर्तन गरेर साँगा आइपुगेका छन् । साँगाबाट साझा बस लाग्ने र प्रहरीले नरोक्ने थाहा पाएपछि उनी काठमाडौं जान आफ्ना परिवारसहित आएका हुन् । 

उनी बसमा पनि उभिएर आए । बसमा चढ्दा एउटा सिटमा मात्र बस्न पाइला भन्ने लागेको रहेछ उनलाई । तर बसमा भने कोचाकोच गरेर राखिएको उनले बताए ।

बनेपाबाट काठमाडौं दैनिक अफिसको काममा आउने सवारीसाधन जोरबिजोर हेरेर आउन दिएको ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सई) किशोरध्वज कार्कीले बताए । ‘माथिको आदेश अनुसार हामीले काठमाडौंमा जागिर गर्न जाने र लामो दूरीबाट आएका पास भएका मानिसहरूलाई मात्र जान दिएका छौं,’ सइ कार्कीले लोकान्तरसँग भने ।

पैदल हिँडेर उपत्यका छिर्न लागेका व्यक्तिलाई साझा बसबाट जान आग्रह गर्ने गरेको सई कार्कीले बताए । तर मानिसहरू पैदल हिँडेर साँगाबाट उपत्यका छिरेको देख्न सकिन्थ्यो ।

गाडीमा ठेलमठेल

धुलिखेलबाट पाँचखाल दोलालघाट जाने ना२ख ७१९३ नम्बरको बसमा यात्रुहरू कोचाकोच थिए । त्यति हुँदा पनि सहचालकले यात्रु बोलाइरहेका थिए । गाडीमा कोचाकोच गरेर यात्रु हालेको ? लोकान्तरको प्रश्नमा ती सहचालकले प्रहरीतर्फ हेर्दै भने, ‘के गर्ने सर यस्तै त हो नि सर खानुपर्‍योे ।’

धुलिखेल बसपार्कमा यात्रु उभिए यात्रा गर्दा समेत प्रहरीले वास्ता गरेको देखिएन । अन्य समयमा पनि उभिएर यात्रा गर्न नपाइने अवस्थामा कोरोनाको समयमा पनि प्रहरीले बेवास्ता गरिरहेका थियो । 

न मास्क, न स्यानिटाइजर !

सरकारले यात्रा गर्दा अनिवार्य स्यानिटाइजर र मास्क प्रयोग गर्न भनेको छ । तर बसमा यात्रा गर्ने कतिपय यात्रुले मास्क समेत प्रयोग नगरेको पाइएको छ । पछिल्लो समय गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर मास्क प्रयोग नगर्नेलाई कारवाही समेत गर्ने बताएको थियो । 

बसका चालक, सहचालकले पनि मास्क लगाउन जोड दिएको देखिएन । चालकले पनि देखाउनका लागि मात्र मास्क लगाएका थिए । लोकान्तरले क्यामेरा तेर्स्याएपछि ना२ख ७१९३ नम्बरको बस चालकले हतारहतारमा गोजीबाट मास्क झिकेर लगाएका थिए ।

साझाले यात्रुलाई उपत्यका भित्र्याउँदै

साझा बसलाई साँगाबाट उपत्यका छिर्न कुनै रोक छैन । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले निर्णय गरेर साझा बसलाई बनेपाबाट काठमाडौं आउन दिने भनिएको थियो, दैनिक रोजगारीमा आउने यात्रुलाई बोकेर मात्रै । तर साझा बसले यात्रुलाई लाइन लगाएर काठमाडौं ल्याइरहेको छ ।

साझा बसमा चढेकालाई कहाँबाट आएको हो, कहाँ जाने, पास छ छैन भनेर प्रहरीले सोध्ने गरेको छैन । तर आफ्नै सवारीसाधनमा आउने व्यक्तिलाई भने अनिवार्य पास मागिँदैछ । पूर्वको जुनसुकै ठाउँबाट बनेपा आएको भएता पनि साझा बसमा चढेपछि सिधै काठमाडौं आउन पाइन्छ ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x