विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीन कार्यकर्ता पक्राउ

कर्णालीमा नेत्र विक्रम चन्द 'विप्लव'  नेतृत्वका  जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। 


Advertisement

मुगुका सोरु गाउँपालिका¬–६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको थियो। 


Advertisement

कमेन्ट गर्नुहोस्