काेराेना कहर, विदेशबाट आधा लाख नेपाली स्वदेश फर्किए

कोभिड-१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन्।

विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत साेमबारसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी वायुसेवा कम्पनीले नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएका हुन् ।


Advertisement

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार विभिन्न ३० मुलुकबाट भएको उद्धार उडानमार्फत ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन्। आज थप ८४९ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल फर्किएका यात्रुसहितको सङ्ख्या जोड्दा हालसम्म ४९ हजार ६८१ नेपाली स्वदेश फर्किएका हुन् ।

विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत धमाधम स्वदेश फर्काएका छन्।


Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार आवागमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २३९ र दोहाबाट १५१ नेपाल काठमाडौँ ल्याएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्