×

NMB BANK
NIC ASIA

सुशील भट्टको नियुक्तिविरुद्ध रिट

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भट्टको योग्यता नपुग्ने दाबी गरेका हुन् ।

Muktinath Bank

निवेदनमा प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति, सुशील भट्ट, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र लगानी बोर्डलाई विपक्षी बनाइएको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनको दफा १२ मा बोर्डको सीईओ हुन मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ र विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने’ व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक र एमबीए (स्नातकोत्तर) गरेका छन् । योजना आयोगमा सदस्य भएको करिब दुई वर्षको मात्रै अनुभव छ । योजना आयोगको सदस्य व्यवस्थापकीय पद होइन । ऐनले तोकेअनुसार १० वर्षको व्यवस्थापकीय अनुभव नपुग्ने रिट निवेदनमा दाबी गरिएको छ । भट्टले आफ्नो भाइको कम्पनी, विभिन्न बैंक र डेनमार्कको सहयोग नियोग (डानिडा) मा केही वर्ष काम गरेको अनुभव पेस गरेका थिए ।


Advertisment
Nabil box
Kumari

यसैबीच ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विवादास्पद छविका भट्टलाई लगानी बोर्डमा नियुक्त गरिएकामा विरोध गरेको छ । मुलुकमा राष्ट्रिय महत्त्वका ठूला विकास निर्माणका आयोजना भित्र्याउन सक्ने योग्य, इमान्दार र विश्वसनीय व्यक्ति नियुक्त हुनुपर्नेमा कालोसूचीमा परेको कम्पनीको एजेन्ट नियुक्त भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिचौलियाको छवि बनाएको व्यक्ति नियुक्त हुनु आपत्तिको विषय हुने टिप्पणी गरेको छ ।

Vianet communication
Laxmi Bank

योग्यतामा प्रश्न उठेको र शंकास्पद चरित्र भएको व्यक्ति नियुक्त गरिएको भन्दै उसले यस्ता विषयमा नागरिकको आवाज बेवास्ता गर्नु सरकारको अधिनायकवादतर्फको यात्रा भनी टिप्पणी गरेको छ । ‘यस्तो अनुत्तरदायी र अधिनायकवादी कार्यशैलीले न मुलुकमा सुशासनको प्रत्याभूति हुनेछ न आर्थिक विकासमा टेवा पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आफ्नो छवि स्वच्छ र निष्कलंक राख्न पनि विवादास्पद नियुक्ति खारेज गर्न माग गर्दछौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x