×

NMB BANK
NIC ASIA

कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी

साउन २७, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

परीक्षा विधिमै बहस

Vianet communication
Laxmi Bank

कक्षा १२ का विद्यार्थीको परीक्षा कुन तरिकाबाट सञ्चालन गरेर नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ । केही समयअघि दसैंअघि पुरानै तरिकाबाट विद्यार्थीको परीक्षा सक्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर अब त्यो सम्भावना टरेको बताइएको छ ।

अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई दिने विषयमा छलफल भइरहेको छ । कक्षा १२ मा विद्यार्थीको परीक्षा लिनैपर्ने प्रावधान भएकाले परीक्षाको विकल्पलाई कसरी खुलाउने भन्ने हिसाबमा आफूहरू छलफलमा जुटेको उनले जानकारी दिए । यसका लागि पटक पटक गरेर परीक्षा लिने, अनलाइन या अन्य माध्यमको प्रयोग गरेर परीक्षाको प्रक्रिया पूरा गर्ने विषयमा छलफल थालिएको र छिट्टै निर्णय लिने जनाइएको छ ।

यस खालको नीतिगत निर्णय लिने अधिकार हाल बोर्डमा नरहेकाले सरकारसित अधिकार दिन बोर्डले माग गरेको छ । स्वतन्त्र तरिकाले काम गर्न सकिएको अवस्थामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन तथा प्रमाणीकरण गरी बाटो खोल्ने सोचमा आफूहरू रहेको जानकारी बोर्डका अध्यक्ष पौडेलले बताए ।

स्नातक तह प्रभावित
कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ । चिकित्साशास्त्र, इ(िन्जनियरिङ, कृषि, वन, व्यवस्थापन लगायतका स्नातक तहका सबै कार्यक्रम प्रभावित हुने र विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुने भएकाले यसको निकास दिनुपर्ने माग यस क्षेत्रका व्यक्तिहरूको छ ।

साउथ बेस्टर्न कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीले ‘ए’ लेबल लगायत सबै कार्यक्रमको अन्तिम मूल्याङ्न गर्ने अधिकार शिक्षकमा रहेको र त्यसकै आधारमा प्रमाणीकरण हुने गरेकाले विशेष परिस्थितिमा कक्षा १२ का लागि पनि एक पटक विद्यालयलाई जिम्मा दिनु उपयुक्त विकल्प हुने बताए । यसो हुन सके विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने र विश्वविद्यालय तहका सबै कार्यक्रम समेत अघि बढ्न बाटो खुल्ने भएकाले यसमा तत्काल सोच्नुपर्ने उनको सुझाव छ ।

ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज आचार्य सम्भव भएसम्म गुणस्तर कायम गर्न परीक्षा लिनैपर्ने सुुभाव दिँदै शैक्षिक सत्र नै गुम्ने अवस्थामा विकल्पको खोजी गर्नुपर्ने बताउँछन् । विकल्प खोजिएको अवस्थामा शिक्षकलाई नै मूल्याङ्कन गर्ने जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । कक्षा १२ का विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिने सम्भावना केही महिना टरेको तथा अनलाइन माध्यमबाट परीक्षा लिने सम्भावना पनि न्यूून रहेकाले विद्यालयलाई मूल्याङ्कन गर्नदिने सम्भावना बढी रहेको जनाइएको छ । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ताले दसैँसम्म परीक्षा सक्ने योजना रहेको भए पनि अब त्यो सम्भावना टरेको बताए।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विद्यार्थीको शैक्षिक सत्र अवरुद्ध नहुने गरी सोच्नुपर्ने अवस्था आएको बताए । उनले छिटो निर्णयमा पुग्न सुझाव दिए। यसले गर्दा विश्वविद्यालयका शैक्षिक कार्यक्रमसमेत पूरै प्रभावित पार्ने भएकाले परीक्षाको विकल्पका बारेमा सोच्नुपर्ने उनको भनाइ छ ।

विद्यार्थीको ऊर्जा शील समयको सदुपयोग गर्दै प्रविधिबाट पठनपाठनबाट अध्ययन गर्ने बाटो खोल्नका लागि पनि कक्षा १२ को विषयमा निर्णय गर्न ढिलाइ गर्न नहुने उनले दिए । यसका लागि परीक्षाको विकल्पलाई सजिलो बनाउनुपर्ने उनको सुझाव छ ।  गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x