×

NMB BANK
NIC ASIA

हिजो दिनभर : न्यायाधीशको सम्पत्ति छानबिन गर्न माग, कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

न्यायाधीशको सम्पत्ति छानबिन गर्न र पेशी स्वचालित प्रणालीमा तोक्न बार एशोसिएशनको माग 

Sagarmatha Cement
Muktinath Bank

नेपाल बार एशोसिएशनले सर्वाेच्च अदालतका प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउँदै सबै न्यायाधीशको सम्पत्ति पारदर्शी रूपमा छानबिन गर्न माग गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बारले बुझाएको ध्यानाकर्षण पत्रको १४ नम्बर बुँदामा लेखिएको छ, ‘न्यायाधीश र नेपाल बार एशोसिएशनका पदाधिकारीको सम्पत्ति पारदर्शी रूपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाइयोस् ।’


Advertisment
Nabil box
Kumari

बारले न्यायालयमा सुधारका लागि तत्काल गर्नुपर्ने काम समेटेर १७ बुँदे सुझाव दिएको छ । न्याय क्षेत्र सुधारका लागि पटक–पटक सुझाव दिँदै आएकोमा कार्यान्वयन नभएको जनाउँदै बारले दीर्घकालीन सुधारका लागि एक विशेष आयोग वा समिति गठन गर्नुपर्ने सुझाव दिएको छ ।

Vianet communication
Laxmi Bank

तत्काल गर्नुपर्ने सुधारको १ नम्बर बुँदामा लेखिएको छ, ‘पेशी सूची तोक्ने, प्रकाशन गर्ने सम्बन्धमा १ (एक) महिनाभित्रै विद्युतीय स्वचालित प्रणालीमार्फत पेशी तोक्ने व्यवस्था लागू गरियोस् ।’

उच्च र सर्वाेच्च अदालतमा नियुक्त भएका केही न्यायाधीशमा पद अनुसारको अनुभव र ज्ञान नभएको गुनासो आएको जनाउँदै बारले त्यस्ता न्यायाधीशलाई न्याय परिषद्मा हाजिर गराई तालिम, प्रशिक्षण र अध्ययन व्यवस्था मिलाउन समेत सुझाव दिएको छ ।

पछिल्लो २४ घण्टामा साढे ८ हजार पीसीआर परीक्षण, ३ सय ३८ संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ३८ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

सोमवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ पीसीआर परीक्षण गरिएको र त्यसमध्ये ३ सय ३८ मा संक्रमण देखिएको बताएका हुन् ।

पछिल्लो २४ घण्टामा १ सय ४० डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४४ जनामा संक्रमण देखिएको उनले बताए ।

डा. गौतमका अनुसार काठमाडौँ जिल्लामा ३६, भक्तपुरमा ४ र ललितपुरमा ४ जना नयाँ संक्रमित फेला परेका छन् ।

 कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जनाएको छ ।

सोमवार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण ४ जनाको मृत्यु भएको र हालसम्म मृतकको संख्या ७९ पुगेको बताएका हुन् ।

मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।

डा. गौतमले बाँकेको कोहलपुर बस्ने ७० वर्षीया महिला, पर्सा जिल्लाकी ४५ वर्षीया महिला, काठमाडौँ महानगरपालिका वडा नम्बर १० बस्ने ७६ वर्षीय पुरुष र किर्तिपुर नगरपालिका बस्ने ६४ वर्षीय पुरुषको मृत्यु भएको बताए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

अध्यागमनले गर्‍यो भिसा सेवा अनिश्चितकालका लागि बन्द

अध्यागमन विभागले अनिश्चितकालका भिसा सेवा बन्द गरेको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै विभागको कार्यालयले सोमवारदेखि लागू हुने गरी अर्को सूचना नआउने बेलासम्म सेवा स्थगित गरिएको जनाएको हो ।  

'कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी यस विभागबाट नियमित रूपमा हुँदै आएको भिसा सेवा सोमवारबाट अर्को सूचना नभएसम्मका लागि स्थगित गरिन्छ,' विज्ञप्तिमा भनिएको छ ।

अत्यन्त जरुरी काम परेको अवस्थामा भने कार्यालयका अधिकृत कुलशेखर अर्याल, पवनकुमार गुप्ता र  मधुसुधन भट्टराईलाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x