मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सरकारले काठमाडौं उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न ट्राफिक व्यवस्थापन संरचना (ग्रेड स्परेटेड इन्टरसेक्सन) निर्माण गर्ने भएको छ। ट्राफिक व्यवस्थापन संरचना चक्रपथको कोटेश्वर–कलंकी खण्डको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा बनाइनेछ। सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ट्राफिक व्यवस्थापन संरचनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन परामर्शदाता छनोट गरिसकेको छ।
डीपीआर बनाउने जिम्मा जियोकम-बीडीए-रेज जेभीले पाएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर शंकर खनालले जानकारी दिए। डीपीआर बनाउने परामर्शदाता खोज्न विभागले २०७५ माघमा आसय माग गरेको थियो। यसका लागि आठवटा परामर्शदाताले इच्छा जाहेर गरेका थिए। तीमध्ये चारवटा प्रविधिक रुपमा सवल देखिएका थिए। सूचीकृत चार कम्पनीमध्ये प्राविधिक र आर्थिक मूल्यांकनबाट अब्बल ठहरिएको जियोकम÷बीडीए÷रेज जेभीले डीपीआर तयारपार्ने जिम्मा पाएको हो। परामर्शदाताले करिब ४५ लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ। डीपीआर निर्माण गर्न साउन २ गते सडक विभाग र परामर्शदाताबीच सम्झौता भइसकेको छ। २८ हप्ता भित्रमा परामर्शदाताले डीपीआर तयार गरी विभागलाई हस्तान्तरण गर्नुपर्नेछ।
काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक चापलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापन संरचना उपयुक्त हुने इन्जिनियर खनालले बताए। ‘उपत्यकाको प्रमुख समस्याका रुपमा ट्राफिक जाम देखिएको छ। खनालले भने, ‘बर्सेनि सवारीसाधन थपिरहेका छन्। रनिङ ट्राफिक धेरै हुँदा नयाँ संरचना बनाउन कठिन छ।’
उपत्यकाको ट्राफिक समस्या हल गर्न ट्राफिक व्यवस्थापन संरचना प्रयोगमा ल्याइनेछ। डीपीआरको निर्माणको क्रममा रहेकाले संरचना कस्तो हुन्छ भने ठ्याकै भन्न नसकिने खनाल बताउँछन्। उनका अनुसार संरचना फ्लाइ ओभर, ओभर पास, अन्डर पासमध्ये कुनै एक हुनेछ। संरचना कस्तो किसिमको निर्माण गर्ने भनेर परामर्शदातलाई डीपीआरको जिम्मा दिइएको हो। परामर्शदाताले ट्राफिक जाँच, माटोको गुणस्तर, सडकको लम्बाईलगायत विषय अध्ययन गरेर डिजाइन तयार गर्नेछ। परामर्शदाताले दिइएको प्रतिवेदन सकारात्मक देखिए निर्माण प्रक्रियाको चरणमा प्रवेश हुनेछ।
‘उपत्यकामा ट्राफिक व्यवस्थापन कठिन बन्दै गएको छ। परम्परागत डिजाइनको सडकले ट्राफिक चाप धान्न सकिने अवस्था छैन’, खनालले भने, ‘नयाँ संरचना र डिजाइनको आधारमा ट्राफिक व्यवस्थापन गर्न खोजिएको हो।’
ट्राफिक व्यवस्थापन संरचना निर्माण गर्न खोजिएको सडक चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार भइसकेको छ। साढे १० किलोमिटर कलंकी–कोटेश्वर सडक आठ लेनमा विस्तार गरिसकिएको छ। २०७० सालदेखि विस्तार प्रक्रिया अघि बढाइएको कोटेश्वर–कलंकी सडक सरकारलाई २०७५ माघमा हस्तान्तरण गरिएको थियो। सडक विभागले विस्तारित सडक खण्डमा ट्राफिक व्यवस्थापन संरचना बनाउन खोजेको छ। चक्रथप हुँदै सहर भित्रिने र बाहिरिने सवारीका कारण ग्वार्खो, सातदोबाटो र एकान्तकुना चोकमा सवारी चाप उच्च छ। ट्राफिक व्यवस्थापन गर्ने संरचना निर्माण गरेर ती चोकका सवारी जाम घटाउने विभागको योजना छ।
विस्तारित कलंकी–कोटेश्वर खण्डकै कलंकी चोकमा अन्डरपसा निर्माणपछि ट्राफिक व्यवस्थापन सहज भएको छ। सडकको माथिल्लो वा तल्लो स्थानमा कुनै संरचना निर्माण गर्न सकिएमा ट्राफिक व्यवस्थापन सहज हुने विभागको ठम्याइ छ। ट्राफिक व्यवस्थापनमा कलंकीमा देखिएको सफलकै आधारमा चक्रपथका तीन स्थानमा नयाँ संरचना बनाउन विभाग अग्रसर भएको हो। अन्नपूर्ण पोस्टमा निर्दोष घोरसाइनेले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...