×

NMB BANK
NIC ASIA

फुटेको आशङ्का गरिएको चोकर्म पोखरीको स्थलगत अध्ययन गर्न माग

साउन २७, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सोलुखोलामा पानीको बहाव बढेको पाँच दिन बितिसक्दासमेत प्रशासन कार्यालयले आधिकारिक पुष्टि नगरेपछि तटीय क्षेत्रका स्थानीयवासी आक्रोशित बनेका छन् ।

Muktinath Bank

स्थानीय प्रत्यक्षदर्शीले चोकर्म पोखरी फुटेर आएकाले नदीमा पानीको बहाव बढेको फोटो तथा भिडियोसमेत सार्वजानिक गरेको भए पनि प्रशासनले भने आधिकारिक पुष्टि गरेको छैन ।
 
शुक्रबार बिहानदेखि नदीमा पानीको बहाव बढेर बेनी क्षेत्रको बस्तीमा नदीको पानी पसेको भए पनि स्थानीय सरकार तथा प्रशासनले यसको वास्तविकता पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् । हाल फुटेको पोखरी र यसको अवस्थाको अध्ययन गरी थप क्षति हुन नदिन आवश्यक पहल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बेनीका स्थानीय फुदोर्जी शेर्पाले गुनासो गरे । दुई दिनको पैदल हिँडेर पुग्ने ठाउँमा तीन दिन बितिसक्दासमेत सरकारको प्रतिनिधि र जनप्रतिनिधि नपुग्नु दुःखद् भएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दूधकुण्ड क्षेत्रमा रहेका प्रत्यक्षदर्शीले चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको दाबी गर्छन् । स्थलगत अध्ययन गर्नुभएका फुछिरिङ शेर्पाले चोकर्म पोखरी वरिपरिको भाग चिराचिरा परिसकेकाले जोखिम उच्च रहेको बताउनुहुन्छ । विपद् जोखिमलाई ध्यान दिएर तत्काल स्थलगत अध्ययन गरी थप सुरक्षा रणनीति अपनाउनुपर्ने निकाय मूकदर्शक बनेको नदी तटीय क्षेत्रका स्थानीय राजकुमार प्रधानको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

निरन्तर वर्षा भइरहेको अवस्थामा झनै जोखिम बढ्ने स्थानीयवासीको अनुमान छ । यस्तो अवस्थामा आम नागरिकलाई सुसूचित गराउने दायित्व बोकेका स्थानीय सरकारदेखि सङ्घीय सरकारले समेत बेवास्ता गरेको प्रधानले बताउनुभयो ।
 
जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आर्चायले तटीय क्षेत्रका नागरिकलाई सुरक्षितसाथ बस्न आग्रह गरिएको बताउनुभयो । तीन तहको सरकारसँग समन्वय भइरहेको भन्दै उनले स्थानीयवासीलाई वास्तविकता बुझ्न पठाए पनि टेलिफोन सम्पर्क नभएको बताए ।
 
आइतबार प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकोप्टरमार्फत स्थलगत अध्ययन गर्ने तयारी गरेको भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको बताइएको छ ।  

Vianet communication
Laxmi Bank

नुम्बुर हिमालको फेदमा दूधकुण्डसहित अन्य दर्जन बढी साना पोखरी रहेको स्थानीय जानकार बताउँछन् । चोकर्म पोखरी फुटेर चोतारे पोखरीमा आउँदा केही कम क्षति भएको अर्का प्रत्यक्षदर्शी लाक्पा लामाको भनाइ छ । “यदि पोखरीको पानी एकैचोटी नदीमा आएको भए ठूलै क्षति गथ्र्यो”, लामाले भन्नुभयो, “एउटा पोखरी फुटेर अर्को पोखरीमा पस्यो, त्यसबाट क्रमैसँग पानी बग्दा ठूलो बहाव देखिएन, क्षति पनि भएन तर अब सतर्क नहुने भए गाह्रो छ ।” अहिले भने खोलामा पानीको बहाव कम भइसकेको छ ।
 
     सोलुखुम्बुको माथिल्लो क्षेत्रमा सयाैं पोखरी तथा ठूला–ठूला ताल छन् तर पनि तिनीहरु अधिकांशको वास्तविक अवस्थाका बारेमा आधिकारिकरूपमा अध्ययन भने गरिएको छैन । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (सुरवीर) केन्द्र सरकारसँग यस विषयमा छलफल भइरहेको बताउँछन् ।

नुम्बुर हिमाल क्षेत्रमा रहेका पोखरी फुटेर सोलुखोलामा पानीको बहाव अति उच्च भएमा सोलुखोलामा निर्माणाधीन तीन हाइड्रोपावरमा क्षति पुग्छ भने कम्तीमा तीनवटा बस्ती नै विस्थापित हुनेछ । तत्काल त्यस क्षेत्रको अध्ययन गरी थप योजना नबनाउने हो भने ठूलै जनधनको क्षति हुनसक्ने भन्दै स्थानीयवासीले जतिसक्दो चाँडो राज्यको ध्यान जानुपर्ने बताउँछन् ।

यस अवस्थामा जिल्ला दैवी प्रकोप उद्धार समितिको भूमिका महत्वपूर्ण हुने भए पनि व्यवहारमा नदेखिएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासीले भिडियोसमेत सार्वजनिक गरेको भए पनि प्रशासनबाट आधिकारिक पुष्टिसमेत गर्न नसक्नु दुःखद् भएको भन्दै स्थानीयवासीले अविलम्ब विपद् प्रतिकार्य योजना निर्माण गर्नुपर्ने माग गरेका छन् ।कार्की,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x