×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणका कारण धनुषामा ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलवार बिहान ३ बजे मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालको आईसीयू कक्षमा उपचार गराइरहेका धनुषाको बिदेह नगरपालिकाका पुरुषको मृत्यु भएको आइसोलेसन संयोजक डा. जामुनप्रसाद सिंहले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब २० दिनअघि उनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा भर्ना भएका थिए । ‘खकार परीक्षण गर्दा शुरूमा उनलाई क्षयरोगको किटाणु देखा परे पनि उनलाई प्रादेशिक अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरेका थियौं,’ डा. सिंहले भने, ‘त्यसपछि कोरोनाको समेत परीक्षण गर्दा ८ दिनअघि कोरोना पोजेटिभ देखा परेको थियो ।’


Advertisment
Nabil box
Kumari

कोरोना पोजेटिभ आएपछि बिरामीलाई कोभिड अस्पतालको आईसीयूमा भर्ना गरिएको उनले बताए । ‘निमोनिया समेत बढ्दै गएको थियो र मिर्गाैलामा समेत खराबी देखा पर्न थालेको थियो,’ उनले भने, ‘पछिल्लो २ दिनदेखि अवस्था अत्यन्त गम्भीर हुन थालेपछि परिवारजनलाई समेत जानकारी गराएका थियौं ।’

Vianet communication
Laxmi Bank

शवलाई प्रादेशिक अस्पतालमा नै राखिएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । 

प्रादेशिक कोभिड अस्पतालमा ८ शय्याको आईसीयू रहेको तथा १ थान भेन्टिलेटर रहेको भए पनि भेन्टिलेटर र आईसीयू भरिएका कारण थप सिकिस्त बिरामीलाई भर्ना गर्न समस्या भएको उनले बताए । हाल कोभिड अस्पतालमा ४२ वटा शय्या रहे पनि ५३ जना बिरामी भर्ना भएका छन् । ३६ जना कोरोना संक्रमित बिरामीमा लक्षण समेत देखा परेको उनले बताए । 

जनकपुरस्थित कोभिड आइसोलेसनमा मिर्गाैलाका बिरामीको डाइलायसिस गर्ने मशिन जडान गर्न काठमाडौंबाट प्राविधिक टोली पुगेको छ । मंगलवार मशिन जडान भएपछि कोरोना संक्रमित मिर्गाैलाका बिरामीको डाइलायसिस समेत गर्न सकिने सिंहले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x