कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
गत जुलाई महिनामा बेलायत र डेनमार्कको भ्रमण गरेका अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पेओले यस साता चेक गणतन्त्र, स्लोभेनिया, अस्ट्रिया र पोल्यान्डको भ्रमण गर्ने भएका छन् ।
पोम्पेओले केन्द्रमा नरहेका युरोपेली मुलुकहरूको भ्रमण गरेर ट्रम्प प्रशासनको रणनीतिक खाका कोर्न खोजिरहेका छन् ।
अमेरिकाले चीनलाई सबै पक्षबाट नियन्त्रणमा राख्ने कोशिश बढाएको छ र दुई देशबीच रणनीतिक प्रतिस्पर्धा घनीभूत भएको छ । चीन र रुसको रणनीतिक प्रभावलाई सन्तुलनमा राख्नका लागि पोम्पेओले पछिल्ला भ्रमण गरेका हुन् । युरोपेली संघ तथा अन्य युरोपेली मुलुकमा चीन र रुसको प्रभाव बढ्दो छ ।
वाशिङटन र बर्लिनबीचको तनाव बढ्दै जाँदा अमेरिकाले जर्मनी तथा फ्रान्स जस्ता युरोपेली मुलुकलाई फकाएर आफ्नो परम्परागत प्रभावक्षेत्र बढाउन खोजिरहेको छ ।
युरेसिया क्षेत्रमा भूराजनीतिक प्रतिस्पर्धा र सहकार्य एकआपसमा जोडिएका छन् । यस्तोमा अमेरिकाको भूरणनीति उक्त क्षेत्रमा शक्तिसन्तुलन कायम गर्ने र क्षेत्रीय शक्तिहरूको उदयलाई रोक्नमा केन्द्रित छ । ठूला शक्तिबीचको
प्रतिस्पर्धा र भूराजनीतिको पुनरागमनको पृष्ठभूमिमा वाशिङटनले नयाँ रणनीतिक केन्द्रहरू खोजिरहेको छ । त्यसक्रममा मध्य र पूर्वी युरोप अमेरिकाको तारोमा परेका छन् ।
बेइजिङ र मस्कोले राजनीतिक, सैन्य तथा वाणिज्यिक प्रभाव युरोपका उक्त क्षेत्रमा बढाइरहेको विश्वास अमेरिकाले लिएको छ । अमेरिका र मध्य तथा पूर्वी युरोपका मुलुकहरूबीचको असन्तुलित अन्तर्निर्भरताको फाइदा उठाउँदै उसले वाशिङटनको स्वार्थलाई चुनौती दिने देशहरूसँग ती मुलुकलाई प्रतिस्पर्धा गर्न बाध्य बनाउँदैछ ।
अर्को शब्दमा भन्नुपर्दा देशहरूले अमेरिकाबाट सहायता वा प्रत्याभूतिको अपेक्षा गरेमा त्यसको मूल्य पनि चुकाउनुपर्ने हुन्छ । अमेरिकाको प्रभुत्ववादी तथा एकपक्षीयतावादी सोच यसका लागि जिम्मेवार छ । यति हुँदाहुँदै पनि मध्य तथा पूर्वी युरोपका केही मुलुकले रणनीतिक विकल्प उपलब्ध भएको हुँदा अमेरिकी रणनीतिक समायोजनलाई स्वागत नै गरेका छन् ।
अमेरिका अहिले युरोपको रणनीतिक स्वायत्ततालाई कमजोर बनाउन चाहन्छ । युरोपले एक्यबद्धता तथा राजनीतिक सर्वसम्मति कायम गर्नका लागि संघर्ष गरिरहँदा उसलाई एकजुट हुन नदिन वाशिङटनले कोशिश गरिरहेको छ ।
युरोपेली संघका नेताहरूले रणनीतिक स्वायत्तताका लागि अपील गरिरहेको भए पनि सदस्य मुलुकहरूको धारणा यस विषयमा भिन्नाभिन्नै छ ।
फ्रान्स र जर्मनीको नेतृत्वलाई सन्तुलनमा राख्नका लागि मध्य तथा पूर्वी युरोपका मुलुकहरू अमेरिकाको प्रमुख मोहरा बनेका छन् ।
अनि वाशिङटनले चीनको प्रभावलाई शून्यमा ल्याउने लक्ष्य पनि लिएको छ । चीनले १७+१ फर्म्याट तथा पेटी सडक पहल अन्तर्गत मध्य तथा पूर्वी युरोपका मुलुकहरूसँगको सहकार्यलाई थप गहिरो तथा चौडा बनाएको छ ।
उक्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई अमेरिकाले आफ्नो प्रतिस्पर्धात्मकता, शासन, मूल्यमान्यता तथा रणनीतिक स्वार्थमा प्रत्यक्ष जोखिमका रूपमा लिएको छ ।
यस पृष्ठभूमिमा अमेरिका अहिले पश्चिम, मध्य तथा पूर्वी युरोपलाई थप कठोर भूराजनीतिक प्रतिस्पर्धातर्फ धकेलिरहेको छ । यसले युरोपमा अमेरिका र चीनबीच अनि युरोप र अमेरिकाबीचको प्रतिस्पर्धा थप चर्काउनेछ ।
ग्लोबल टाइम्समा प्रकाशित ह झिगाओको विश्लेषण
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...