स्वास्थ्यमन्त्री ढकालले आलोचकलाई भने– मति सुध्रियोस् !

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सुध्रियोस् भन्ने कामना गरेका छन् ।

केही दिनअघि सरकारले गरेको काम नदेख्नेहरूलाई मोतियाबिन्दु भएको छ भनेर विवादमा आएका  मन्त्री ढकालले फेरि अर्को विवदास्पद् अभिव्यक्ति दिएका हुन् ।


Advertisement

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै मन्त्री ढकालले  श्रीकृष्णजन्माष्टमीले सरकारको आलोचना गर्नेहरूको मति सुधारोस् भन्ने कामना गरे ।

‘कृष्णअष्टमीका दिन मति बिग्रिएकाहरूलाई पनि यो महामारी (कोरोना)विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु, चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे मेरा छिमेकमा बसेका व्यक्तिहरू हुन्,' मन्त्री ढकालले भने, 'सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउने कुरामा योगदान पुर्‍याउन सक्दैन ।’


Advertisement

मन्त्री ढकालले यो सत्ताका निम्ति लड्ने समय नभएको भन्दै आफ्नै पार्टीका नेताहरूको पनि ध्यानाकर्षण गराए ।

‘सत्ताका लागि लड्ने यो नै अन्तिम युद्ध हैन, बाँचियो भने सत्ता प्राप्त गर्ने लडाइँ फेरि लड्न सकिन्छ,' ढकालले भने, 'वर्तमान सरकारलाई जनताले ५ वर्षे म्यान्डेट दिएका छन्, म्यान्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिँदैन ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्