×

NMB BANK
NIC ASIA

पाकिस्तान र साउदी अरबबीच बढ्यो चिसोपन

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साउदी अरबले पाकिस्तानप्रतिको नीति परिवर्तन गरेको देखिएको छ । 

Muktinath Bank

गत साता पाकिस्तानलाई साउदीले एक अर्ब अमेरिकी डलर फिर्ता गर्न ताकेता गरेपछि यी दुई मुलुकको सम्बन्धमा चिसोपन देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मे महिनादेखि पाकिस्तानले साउदी अरबबाट पछि पैसा तिनेै गरी तेल पनि पाइरहेको छैन । यी दुई देशले ३.२ अर्ब डलर बराबरको इन्धन खरिदका लागि गरेको सम्झौताको म्याद दुई महिनाअघि सकिएपछि साउदीले तेल रोकेको हो । 


Advertisment
Nabil box
Kumari

पाकिस्तानले साउदीलाई कश्मीरका विषयमा इस्लामिक दुनियामा आवाज उठाउन अनुमति दिन भनेको छ । गत फेब्रुअरी महिनामा उसले अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसनको बैठक बोलाउन आह्वान गरेको थियो तर साउदी अरबले मानेन । ओआईसी ५७ मुसलमान देशहरूको समूह हो जसमा साउदी अरबको ठूलो प्रभाव छ । 

Vianet communication
Laxmi Bank

पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरैशीले भारतबाट कश्मीरको विशेषाधिकार हरण भएलगत्तै कश्मीरका विषयमा ओआईसी काउन्सिलको बैठकको माग गरेका थिए । 

साउदी अरबले यो प्रस्ताव अस्वीकार गरेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान निकै रिसाएका थिए । 

पाकिस्तानले साउदीबाट पाएको एक अर्ब डलर ऋण तिर्नुपर्ने समयभन्दा चार महिनाअगावै फर्काइसकेको छ । चीनबाट पैसा आएमा उसले साउदीको बाँकी २ अर्ब डलर ऋण पनि फिर्ता गर्ने कुरा छ । 

साउदीको बफादार मुलुक यूएईले पाकिस्तानलाई सन् २०१८ को डिसेम्बर महिनामा ६.२ अर्ब डलरको प्याकेज समेत घोषणा गरेको थियो । तर पछि यूएईले यो सहयोग २ अर्ब डलरमा झारेको छ र पछि तिर्न मिल्ने गरी ३.२ अर्ब डलरको तेल दिने योजना पनि रद्द गरेको छ । 

यसैबीच चीन र इरानले रणनीतिक सम्झौता गरेकाले चीनको बफादार मुलुक पाकिस्तानले साउदी अरबको क्षेत्रीय दुश्मन इरानसँग नजिकिने छाँट देखाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x