×

NMB BANK
NIC ASIA

कांग्रेसका १२ केन्द्रीय सदस्यद्वारा हालै गठन गरिएका विभाग खारेज गर्न माग

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा गठन गरेका विभाग खारेज गर्न माग गरेका छन् ।

Muktinath Bank

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा थपिएको कार्यकालका सभापतिले गरेको विभाग गठनको निर्णय अवैधानिक भएको उनीहरूको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चन्द्र भण्डारी, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल लगायत एक दर्जन केन्द्रीय सदस्यले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी महाधिवेशनको आचारसंहिता विपरीत गठन गरिएका विभाग खारेजीको माग गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूले विगतमा तत्कालीन सभापति सुशील कोइरालासँग सभापति शेरबहादुर देउवाले राखेका माग स्मरण गर्न आग्रह गरेका छन् । 

Vianet communication
Laxmi Bank

सभापति देउवाले आइतवार र सोमवार गरी १५ वटा विभाग गठन गरेका थिए । विज्ञप्ति जारी गर्ने केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रेस विज्ञप्ति
२०७७ साउन २७

नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ। विधानतः चार वर्षको कार्यकाल भित्र महाधिवेशन सम्पन्न हुन नसक्ने बिशेष परिस्थिती देखिएमा मात्र उपयोग गर्न पाइने एक बर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ। निर्धारण गरिएको समय 2077 फागुन भित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नु पर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ।

यस्तो समयमा पार्टी भित्र को आन्तरिक एकता लाई सुदृढ तुल्याउँदै पार्टी नेता बिच,नेता कार्यकर्ता बिच र पुरानो पुस्ता एवं नयाँ पुस्ताका बिचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनु पर्ने दायित्व हामी सबैको हो। यद्यपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ। पार्टी भित्र देखिएका बिवाद र आपसी तिक्ततालाई समाप्त गरि साथीहरूका बिचमा भावनात्मक एकता कायम गरि महाधिवेशनलाई हौसला पूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिका भित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।

इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुदैछ। संसारभरि अस्वीकृत अलोकतान्त्रिक विचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ। नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ। साच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भई बिरक्तिएर बसेको छ र समकालिन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ । यस महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउँदै उत्पन्न तनाव,बिरक्ती र घृणा भावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको छ। यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ।

यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथीहरूको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ।तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐतिहासिक विरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं। हामी प्रतिको नेपाली जनताको भरोसा कमजोर हुदै गएको छ। पार्टिको गौरवपूर्ण छवि ,व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदैछ। हाम्रा प्रातः स्मरणीय नेताहरूले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ। हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौं र हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएका छौं। यसको जिम्मेदारी ले लिनु पर्दछ।

अहिले आएर सभापतिज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ। पार्टी सभापति विधानको संरक्षक,पालक र कार्यान्वयनकर्ता पनि हो। कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ। कस्तो कांग्रेस बनाउने,विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो। सभापति व्यक्ति होइन, संस्था हो। उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहनदिएर कांग्रेसको इतिहास,विरासत, परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा छैन। अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरूलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन।आफ्ना समकालीन साथीहरू र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिड्ने सहुलियत पनि छैन। यसबाट गैरलोकतान्त्रिक शक्तिहरूसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ।

 हामी यतिबेला पार्टिको बाह्रौं महाधिवेशन पश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टिका विभागहरू गठन गर्दा बर्तमान पार्टी सभापति ज्युले राख्नु भएको तर्क रअसहमतिलाई स्मरण गरिरहेका छौं। पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा बर्तमान सभापति ज्यु कै असहमति र बिरोधका कारण तत्कालिन निर्णय फिर्ता लिइयो अर्थात्  कार्यान्वयन गरिएन। अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरू कसरी बैधानिक र उपयुक्त हुन सक्छन्? महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनु पर्ने विभाग गठनको काम तत्काल किन भएन? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष , विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र? हामीले बनाएका बिभागहरूले आफ्ना विभागीय काम कहिले गर्ने? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो?यस कार्यबाट महाधिवेशनको निष्पक्षता मा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको  मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरू गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो। तसर्थ बिभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरू खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ। यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।यस बिषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरूलाई आग्रह समेत गर्दछौं। साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफ सहित  राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं।  

जय नेपाल !


डा. चन्द्र भण्डारी,

धनराज गुरुङ,

कमला पन्त,

गगन थापा,

गुरुराज घिमिरे,

बद्री पाण्डे,

रत्ना शेरचन,

जीवन परियार,

प्रदिप पौडेल,

सरिता प्रसाईं,

रामकृष्ण यादव,

किरण यादव

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x