कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको जनाएको छ ।

मंगलवार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ४ जना थप भएको र नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८३ पुगेको बताए ।


Advertisement

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको हो ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्