×

NMB BANK
NIC ASIA

चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८ वटा भेण्टिलेटर हस्तान्तरण

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरूका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । 

Muktinath Bank

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेन्टिलेटरहरुको अभाव भैरहेको छ । चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मती र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ ।


Advertisment
Nabil box
Kumari

भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पुर्‍याएकोमा धन्यवाद व्यक्त गरे । ‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पुर्‍याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीई, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पुर्‍याएको यो सहयोग अतुलनीय छ ।’ 

Vianet communication
Laxmi Bank

फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे । ‘यो सहयोगले कोभिड–१९ का बिरामीहरुको उपचारमा मद्दत पुर्‍याउने आशा लिएका छौं,’ चौधरीले भने । 

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ । पहिलो चरणमा पूर्वदेखि पश्चिमका ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पीपीई, एन–९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रदेश–१ अन्तर्गत अस्थायी कोरोना सेन्टर (विराटनगर), मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुर जिल्ला अस्पताल, कोशी अस्पताललगायत स्थानमा यी सामग्री वितरण गरिएको थियो ।

साथै, प्रदेश २ को जानकी मेडिकल अस्पताल, प्रादेशिक केन्द्र अस्पताल र स्वाब परिक्षण प्रयोगशाला (जनकपुर), नारायणी अस्पताल (वीरगन्ज), कौडेना स्वास्थ्य केन्द्र र मलंगवा अस्पताल (सर्लाही), राजबिराज अस्पतालमा पीपीई वितरण गरिएको थियो । 

फाउण्डेसनले प्रदेश ३ का कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, मनमोहन मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइती नेपाल, कोरोना उपचार केन्द्र (भक्तपुर), चितवन अस्पताल, हैटौंडा अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालय, शिर मेमोरियल अस्पताल (काभ्रे), तथा प्रदेश ४ को नवलपरासीको मध्यबिन्दू अस्पताल, दुम्कौली स्वास्थ्य चौकी, पिताउन्जी स्वास्थ्य केन्द्र, प्रगतिनगर स्वास्थ्य केन्द्र र सहज अस्पताल, पोखराको मातृशिशु मितेरी अस्पताल, पर्वत/बागलुङ/गोरखा जिल्ला अस्पताल लगायतलाई पीपीई हस्तान्तरण गरेको थियो । 

प्रदेश ५ का भीम अस्पताल (भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल (रुपन्देही), आयुर्वेद अस्पताल (दाङ), प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज), पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल (रोल्पा), बर्दिया अस्पताल, देवदह क्वारेन्टिन सेन्टर (रुपन्देही), सशस्त्र प्रहरी अस्पताल (कोहलपुर) लगायत स्वास्थ्य केन्द्रमा पीपीई वितरण गरिएको थियो । 

दोस्रो चरणमा चौधरी फाउण्डेसनले कोभिड–१९ को परिक्षण किट सहयोग गरेको थियो । फाउण्डेसनले १००० थान ‘पीसीआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । 

त्यस्तै, तेश्रो चरणमा फाउण्डेसनले अति संवेदनशील कर्णाली, सुदुरपश्चिम र प्रदेश नं. २ मा स्वास्थ्य सामग्री वितरण गरेको थियो । सुदुरपश्चिम प्रदेशका सेती अस्पताल (कैलाली), डडेलधुरा/दार्चुला/बैतडी जिल्ला  अस्पताल, महाकाली नगरपालिका लगायत कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल (सुर्खेत), चौरजहारी अस्पताल (पश्चिम रुकुम) अन्य स्थानमा उपचार र सुरक्षा सामग्री उपलब्ध गराएको थियो । 

प्रदेश २ मा जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा लगायत जिल्लाका अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रमा यी सामग्री हस्तान्तरण गरेको थियो । तेश्रो चरणसम्म फाउण्डेसनले १९९ अस्पताल एवं स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो । 

चौथो चरणमा फाउण्डेसनले उल्लेखित चार ओटा प्रदेशलाई दुई–दुई ओटा भेन्टिलेटर हस्तान्तरण गरेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x