न्युजील्यान्ड : कोरोनाभाइरस हटेको १०२ दिनपछि देखिए नयाँ केस

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले अकल्यान्डको एक घरमा अज्ञात स्रोतबाट कोरोनाभाइरसका चार केसहरू फेला परेको मंगलवार बताएकी छन् । १०२ दिनपछि देशमा स्थानीय संक्रमणको पहिलो केस देखिएको हो । 

बुधवार मध्यदिनबाट शुक्रवार मध्यरातसम्म अकल्यान्डमा अलर्ट लेभल ३ लगाइने आर्डर्नले बताइन् । मानिसहरूलाई घरैमा बस्न लगाइनेछ अनि पसलहरू बन्द गरिनेछ । 


Advertisement

तीन दिनमा परिस्थितिको मूल्यांकन गर्ने, सूचना संकलन गर्ने, व्यापक मात्रामा सम्पर्क पहिचान गर्ने र थप सूचनाका आधारमा अर्को कदम चाल्ने उनले बताइन् । 

‘यो सूचना ग्रहण गर्न एकदमै गाह्रो हुने मैले बुझेकी छु । हामी सबैले आफूलाई यस अवस्थामा नपार्नका लागि आशा गरेका थियौं । तर हामी यसका लागि तयार थियौं । एक टोलीका रूपमा हामीले यो अवस्था भोगिसकेका छौं,’ उनले भने । 


Advertisement

घर जान लागेका मानिस बाहेक अन्य सबैलाई अकल्यान्ड जान प्रतिबन्ध लगाइने जानकारी पनि उनले दिइन् । 

देशका अन्य भागमा शुक्रवारसम्मका लागि लेभल २ को अलर्ट लगाउने उनले बताइन् । यसको अर्थ हुन्छ, १०० जनाभन्दा बढी मानिस जम्मा हुन पाउँदैनन् र मानिसहरूले एकअर्कासँग सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्