कात्तिक २५, २०८०
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ ।
सेन्सेटिभ परिसूचक १.३८ ले घटेर २९७.२७ अङ्कमा पुगेको छ । आज कुल १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता शेयर रु एक अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ मा खरिदबिक्री भयो । कारोबार भएका १२ मध्ये सामूहिक लागनी कोष उपसमूहमात्र बढेको छ । सामूहिक लागनी कोष ०.०२ अङ्कले बढ्दा बैंकिङ ६.५४, व्यापार १९.२७, होटल ४३.२३, विकास बैंक ९.४२, जलविद्युत् १.०४, वित्त ०.६, निर्जीवन बीमा ३.२१, उत्पादन १६.९९, अन्य ०.५७, लघुवित्त २१.५८ र जीवन बीमा २३.१४ अङ्कले घटेको छ ।
कारोबार रकमका आधरमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड १६ लाख सात हजार ८०६ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ३९ लाख ३९ हजार ६२४, युनाइटेड इन्स्योरेन्सको रु चार करोड ७६ लाख ७० जहार ७०७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु चार करोड ७० लाख ६६ हजार ६४३, एनएमबी बैंकको रु चार करोड ५५ लाख ६४ हजार ७७८, अजोड इन्स्योरेन्सको रु चार करोड ५४ लाख ६३ हजार ५८ र एनआइसी एसिया बैंकको रु चार करोड २८ लाख ४२ हजार २४८ बराबरको शेयर कारोबार भयो ।
नेप्से घटे पनि आज सबैभन्दा बढी अजोड इन्स्योरेन्सका लागनीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् । यस्तै साधना लघुवित्त वित्तीय संस्था ९.८१, युनियन हाइड्रोपावर ८.७७, युनाइटेड इन्स्योरेन्स कम्पनी ५.२२, वेष्ट फाइनान्स ५.१, गुह्वेश्वरी मर्चेन्ट बैंक ४.९२, आँखुखोला जलविद्युत् कम्पनी ३.८५, मिथिला लघुवित्त वित्तीय संस्था ३.८० र राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९.८ प्रतिशतले गुमाएका छन् । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ५.४६, गुराँस लघुवित्त वित्तीय संस्था ५.४५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.८१, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ३.७५, श्री इन्भेष्टमेन्ट फाइनान्स ३.७३, घलेम्दी हाइड्रोपावर ३.५७, ओरियन्टल होटल ३.३५ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाएको नेप्सेले उल्लेख गरेको छ । रासस
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...