गण्डकी प्रदेशमा बन्दाबन्दी गर्नुपर्ने अवस्था छैन- मुख्यमन्त्री गुरुङ

फाइल फोटो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन (बन्दाबन्दी) गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २१ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले आयोजना गरेको ‘कञ्चन पत्रकारिता पुरस्कार, अक्षयकोष घोषणा तथा पुरस्कार वितरण’ समारोहमा उनले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुने बताए। 


Advertisement

प्रदेश सरकारले आफ्नै साधन स्रोतबाट कोरोना व्यवस्थापन गरेको बताउँदै मुख्यमन्त्रीले भने, 'लकडाउन फेरि लगाउनुपर्दछ भन्ने अवाजसमेत उठेको छ तर अहिले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने समय होइन, खोलिसकेको कलकारखाना, निर्माण व्यवसायका काम बन्द गर्ने भनेर सोचेका छैनौँ, हतारो गर्नु पनि हुँदैन । हामी सचेत होऔँ त सङ्क्रमण धेरै कम हुन्छ।'

सत्तारुढ नेकपाका स्थायी कमिटीका सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले कोरोना भाइरससँग लडिरहेको अवस्थामा अहिले पार्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गरे। 


Advertisement

कमेन्ट गर्नुहोस्