
काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवा बुधबारदेखि भदौ १५ गतेसम्मका लागि बन्द गरिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपत्यकामा भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रवाह हुने अत्यावस्यक बाहेकका सेवा भदौ १५ गतेसम्म स्थगन गर्न परिपत्र गरेको हो।
उपत्यका बाहिरका कार्यालयबाट हुने सेवा प्रवाह भने प्रदेश तथा स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड समेतको अबलम्बन गर्नेगरी प्रवन्ध मिलाइनेछ।
