कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत भएको रुसी दाबी

प्रतिकार्यात्मक तस्वीर।

रुसकाराष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको  ‘विश्वकै पहिलो’ खोप स्वीकृति दिएको बताएका छन्।

उनले संसारमै पहिलो पटक कोरोना भाइरसविरुद्ध खोप दर्ता गरिएको रुसी सरकारी टिभीमा बताएका हुन्। 


Advertisement

मस्कोस्थित गामालेया इन्स्टिच्युटद्वारा विकसित गरिएको सो खोपलाई स्पुटनिक-५ नामकरण गरिएको छ। उक्त नाम सोभियत संघद्वारा सन् १९५७ मा प्रक्षेपण गरिएको विश्वको पहिलो उपग्रहबाट लिइएको हो।

खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको छ। रुस अब यो खोप मानिसलाई लगाउन सुरु गर्ने अनुमान गरिएको छ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्