२६ जेठ २०८३, मंगलबार

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिममा ५३ करोड खर्च- मुख्यमन्त्री भट्ट

साउन २७, २०७७
कोरोना नियन्त्रणका लागि सुदूरपश्चिममा ५३ करोड खर्च- मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको रोकथाम, उपचार तथा व्यवस्थापनका लागि सरकारले सक्दो काम गरिरहेको बताएका छन्।

प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री भट्टले सरकारले रोकथाममा गरेका प्रयास स्वरुप अहिलेसम्म प्रदेशमा कोरोना समुदाय तहसम्म फैलिन नपाएको बताए।

अहिलेसम्म प्रदेशमा चार हजार ७ सय ८५ सङ्क्रमित भइसकेको जनाउँदै उनले भने, ‘कोरोना रोकथामका लागि सेती प्रादेशिक अस्पतालमा थप एक पिसिआर मेसिन सञ्चालनमा आइसकेको छ, डोटी र बैतडीमा एकएक मेसिन सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेकाले कोरोनाको जाँचमा कुनै समस्या हुँदैन।’

प्रतिपक्षीले कोरोनामा भएको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै सदन अवरुद्ध गरेको तर्फ लक्ष्य गर्दै उाले भने, ‘कोरोना रोकथाम उपचार व्यवस्थापनमा अहिलेसम्म ५० देखि ५३ करोड खर्च भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्