उपत्यकामा एकैदिन कोरोनाका १ सय ३६ संक्रमित भेटिए, सबैभन्दा बढी काठमाडौंमा

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ सङ्क्रमित देखिएका हुन्। हालसम्म चार लाख ६२ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ।


Advertisement

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मंगलबार उपत्यकामा थप १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये काठमाडौँका १ सय २१, लतिपुरका १२ र भक्तपुरका सात सङ्क्रमित रहेका छन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्