×

NMB BANK
NIC ASIA

राजधानीमै संक्रमित मृतकका आफन्तको गुनासो : ‘भेन्टिलेटर पाएको भए आमा बाँच्नुहुन्थ्यो कि !’

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमणबाट सोमवार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकी काभ्रेको पाँचखाल नगरपालिका–१ की एक महिलाको समयमा भेन्टिलेटर नपाएर मृत्यु भएको खुलेको छ ।

Muktinath Bank

समयमा उचित उपचार पाउन नसकेकाले ज्यान गुमाउनुपरेको मृतकका परिवारका सदस्यले गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५० वर्षीया ती महिलालाई साउन १८ गते पेट पोल्ने, ज्वरो आउने समस्या शुरू भएको थियो । साउन १९ गते जनैपूर्णिमाका दिन परिवारका साथ घरमै बंगुरको मासु र रक्सी खाएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

‘ज्वरो नघटेपछि स्थानीय मेडिकलबाट औषधि ल्याएर खुवायौं,’ मृतकका जेठा छोराले टेलिफोनमा भने, ‘आँखा पनि पहेंलो भएपछि जन्डिस भएको आशंका गरेका थियौं ।’

Vianet communication
Laxmi Bank

घरबाट स्थानीय बसमा पाँचखाल झरेका उनीहरूले शुरूमा प्राथमिक स्वास्थ्य केन्द्रमा देखाएका थिए । त्यहाँ उपचार हुन नसक्ने भन्दै धुलिखेल अस्पताल रेफर गरियो ।

‘तर दिदीले भक्तपुर ल्याउनु भनेकोले त्यहाँबाट हिँड्यौं,’ उनले भने, ‘पाँचखालमा चढेको गाडीले धुलिखेलसम्म ल्यायो । साँगासम्म अर्को गाडीमा आएर साझा बस चढेर भक्तपुर दिदीकोमा गएर बस्यौं ।’

साउन २४ गते उनलाई भक्तपुर अस्पताल पुर्‍याइयो । अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि उनीहरू बस चढेरै केएमसी अस्पताल सिनामंगल पुगेका थिए । ‘केमएसीको इमर्जेन्सीमा १ घण्टा जति रह्यौं, त्यहाँ महंगो भएकोले कुनै अरू अस्पताल जान सुझाव पाएपछि हामी पाटन अस्पताल गयौं,’ मृतकका छोराले भने, ‘पाटन अस्पतालले करीब ४ घण्टा प्रयास गर्दा पनि भेन्टिलेटर खाली नभएपछि किस्ट अस्पतालमा सम्पर्क गरेर त्यहाँ भर्ना गर्‍यौं ।’

अस्पतालले बिरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको भन्दै जोखिम मोल्न चाहे मात्रै उपचार गर्ने बताएको थियो । मृतकका अर्का छोराले भने, ‘सास रहुञ्जेल आश हुन्छ भनेर उपचार थाल्न भन्यौं तर सोमवार बिहान आमाको मृत्यु भयो ।’

उपचार शुरू गर्नुअघि अस्पतालले गरेको स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि सेनाले शव बुझेर अन्त्येष्टि गरेको थियो । मृतकका जेठा छोराले शुरूमा नै भेन्टिलेटरमा उपचार पाएको भए आमालाई बचाउन सकिन्थ्यो भन्ने आशा भएको बताउँछन् ।

‘समयमा नै भेन्टिलेटर पाएको भए आमा बाँच्नुहुन्थ्यो कि भन्ने थियो,’ उनले भने, ‘धेरै अस्पताल चहार्दाचहार्दै आमालाई कोरोना सर्‍यो कि भन्ने पनि लाग्छ ।’ मृतक महिलालाई निमोनिया र फोक्सोमा पानी भरिएको पाइएको अस्पतालले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x