पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ ।
उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले राससलाई जानकारी दिए ।
‘इन्दुशंकर चिनी उद्योग लिमिटेड विक्रम सवत् २०४२ सालमा स्थापना भएको थियो । स्थापनायता नैै यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ भएको छ,’ रजकले भने, ‘सर्भे गरिएका सबै किसानको उखु उद्योगमा आएका कारण यस सिजनमा स्थापना कालदेखिको सबैभन्दा बढी उखु क्रसिङ गर्न सफल भइयो ।’ यस यामका लागि पुस पहिलो सातादेखि उद्योग सञ्चालन भएको थियो ।
गत वर्ष २६ लाख १७ हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले केही वर्षअघि ३७ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । उद्योग सञ्चालनताका ३० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको भए पनि भारतीय उखु तथा जिल्लाकै दक्षिणी क्षेत्रका उखु उत्पादक किसानको समेत इन्दुशंकरप्रति नै आकर्षण बढेकाले क्रसिङ परिमाण बढी भएको उद्योगले बताएको छ ।
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्लामा यस वर्ष १ करोड क्वीन्टलभन्दा बढी उखु उत्पादन भएको उखु प्रबन्धक रजकले जानकारी दिए । जिल्लाबाटै महोत्तरीको एभरेष्ट, रौतहटको श्रीराम, बाराको मानकौर, सिरहा लगायत स्थानमा रहेका उद्योगमा समेत उखु जाने गरेको छ भने जिल्लामै सञ्चालन भएका दर्जनौं उद्योगले समेत सख्खर उत्पादन गर्ने गरेका छन् ।
चालू याममा जिल्लामा साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अब उखु उत्पादन घट्ने आशंका बढेको उद्योगले बताएको छ । सरकारले उखु उत्पादक किसानलाई स्थानीय निकायमा दर्ता भएर आउन भनेपछि किसानको उखु उत्पादनप्रतिको आकर्षण घट्न सक्ने रजकले बताए ।
जिल्लाका १२ हजार ५७५ उखु उत्पादक किसानमध्ये कतिपयको आफ्नो जमीन नभएको र भाडामा लिएका जग्गाको सम्झौतापत्र समेत नरहेका कारण उत्पादनमा कमी आउने उद्योगले बताएको हो । स्थानीय तहमा दर्ता गर्न लालपूर्जा अथवा सम्झौतापत्र चाहिने र त्यस्ता किसानको संख्या कम रहेका कारण उखु उत्पादन घट्ने उद्योगले राससलाई बताएको छ ।
सरकारले उखु उत्पादक किसानलाई स्थानीय निकायमा अनिवार्य दर्ता गर्न भनेपछि किसान समस्यामा परेको उखु उत्पादक किसान मुकेश ठाकुरले बताए । सरकारले अब उखु उत्पादनमा समेत १३ प्रतिशत करको व्यवस्था गरेको भन्दै जिल्लाका किसान चिन्तित देखिएका छन् ।
स्थानीय तहले सहजै दर्ता समेत नगरिदिएको जिल्लाका किसानको गुनासो छ । वर्षभरि मेहनत गरेर उत्पादन गरेको उखुको मूल्य सहजै नपाइरहेका उखु उत्पादक किसान सरकारले दर्ता अनिवार्य गरेपछि बर्सेनि उखु खेतीको विकल्पसमेत खोज्न थालेका छन् ।
हरेक वर्ष १०/१५ प्रतिशतका दरले उखु उत्पादक किसान घट्ने गरेको उखु प्रबन्धक रजकले बताए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...