बूढीगंगाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

प्रतिकात्मक तस्वीर

बाजुराको गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ ।

बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल  बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ ।


Advertisement

झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

प्रहरी र गाउँपालिकाको टोली सोमवार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।


Advertisement

झोलुङ्गे पुल बगाउँदा २ दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । पुलसँगै बस्ती समेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीय रामबहादुर बुढाले बताए ।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

अजयटोड्की गाउँमा उद्धारका लागि हेलिकप्टर आवश्यकता भएपनि राज्य बेखबर बनेको छ । यो संकटमा तीनै सरकार गम्भीर भएर लाग्नुको सट्टा अहिलेसम्म बाजुराको बुढीगंगा नदीमा आएको बाढीले पारेको क्षतिबारे सरकार मौनजस्तै बसेको जैशीले बताए ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्न समेत स्थानीयले बचाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने पीडितको माग छ । 

गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावबारे सबै जानकारी गराइकिएको र उद्धारका लागि पहल भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्