डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३२ घाइते

प्रतिकात्मक तस्वीर

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना६ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । 


Advertisement

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।  नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । उनले भने, ‘हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौं, घाइतेको संख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौं ।’


Advertisement

बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्